

-
काठमाडौं ।
२०७७ साल असार ८ गते विहान ११ः३० बजेको समयमा काठमाडौं महानगरपालिका–४ नं. वडा कार्यालयमा केही व्यक्ति एक्कासी प्रवेश गरी वडा अध्यक्षसहित जनप्रतिनिधिहरु, त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राहीहरुमाथि हातपात गर्ने,सरकारी कागजात च्यात्ने काम गरेका छन् ।
News Desk 0 response सोमवार, असार २२, २०७७
एक जना जेष्ठ नागरिककोे विशेष भत्ता वितरणमा भएको सामान्य मानवीय त्रुटिलाई निहुँ बनाएर कार्यालयमा भएको हुलदङ्गाको विरुद्ध कानुनी कार्वाहीमा सहयोग गर्नु पर्ने नेपाली कांग्रेस र यस पार्टीसँग आवद्ध संस्थाहरुले उल्टो यसलाई राजनीतिकरण गरेर परिस्थितिलाई अनावश्यक उत्तेजना तिर मोड्न खोजेको वडा कार्यालयले जनाएको छ ।
विशेष भत्ता वितरणमा भएको मानवीय कमजोरीका बारेमा वडा अध्यक्षले आफूले अनुसन्धान गर्ने र त्रुटि भएको भए सच्याउने भन्दाभन्दै जुन ढङ्गले वडा अध्यक्षमाथि नै हुलहुज्जत, हातपात भयो, यो सुनियोजित परिघटना भएको पछिल्ला दिनका नेपाली कांग्रेस र सम्वद्ध संस्थाहरुको गतिविधिले देखाइरहेको वडा सदस्य तथा नेकपा वडा अध्यक्ष ध्रुव त्रिपाठीले जानकारी दिए ।
विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका विरुद्धको लडाईमा वडा अध्यक्ष मोहन बिष्टको नेतृत्वको टिमको सक्रियता, यस वडामा निरन्तर भइरहेको तीब्र विकास÷निर्माण, जनसेवा अनि भूमाफियाका विरुद्धको सम्झौताहीन सङ्घर्षका बारेमा सर्वत्र प्रशंसा भइरहेको छ । वडाले गरेको विकास, जनसेवा र गलत कार्यको विरुद्ध भएको सम्झौताहीन सङ्घर्षमा साथ दिनुपर्नेमा त्यसको उल्टो नेपाली कांग्रेसले कार्यालयमा आएर हुलदङ्गा गर्नेहरुको पक्षमा वकालत गर्ने, वडाको नेतृत्वका विरुद्ध दुष्प्रचार गर्ने, अड्डा अदालत धाउने जस्ता कार्य गर्नु निन्दनीय भएको स्थानीयले बताएका छन् । यस्ता जालीझेली र उदण्डताको तरिकाबाट होइन स्वस्थ राजनीतिक प्रतिस्पर्धाबाट नै जनताको मन जित्न हामी नेपाली काँग्रेस र आवद्ध संस्थाहरुको नेतृत्वसँग वडाले आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


