

-
काठमाडौं : नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान ७ बजेदेखि सुरू हुने भएको छ ।
आज बिहान ७ बजेका लागि तोकिएको मतदान बिहान १०, दिउँसो १ र साढे २ बजेका लागि सार्दै अन्ततः आजका लागि स्थगित भएको हो ।
धेरै क्लस्टर उम्मेदवारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सारेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ ।
१५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीमा उम्मेदवारी दिएका चार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै खुलातर्फका उपसभापतिका उम्मेदवारहरू डा. मिनेन्द्र रिजाल र देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै सहमहामन्त्रीमा दलित कलस्टरतर्फ उम्मेदवारी दिएकी लक्ष्मी परियारले उम्मेदवारी फिर्ता लिएका छन् ।
मतदानअघि नै तीन जना उम्मेदवार भने निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपासभापतिमा पुष्पा भुसाल र काठमाण्डौ उपत्यका महिला सदस्यतर्फ प्रा. डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।
News Desk 0 response बिहिबार, अशोज २२, २०८३

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


