

-
काठमाडौं : काठमाडौंमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि भोलि बिहीवार बिहान १० बजेदेखि मतदान हुने भएको छ ।
यसअघि बिहीवार बिहान ७ बजेदेखि मतदानको कार्यक्रम सार्वजनिक भए पनि वर्षा र प्राविधिक कारणले मतदान ढिला गरी शुरू गर्न लागेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि काठमाडौंका तीन ठाउँमा सात मतदान केन्द्र तोकिएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आउँदो नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरेको छ ।
यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाले पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था छ ।
यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।
News Desk 0 response बुधबार, अशोज २१, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
मध्यपूर्वमा तनाव थप चर्कियो
सोमवार, कार्तिक १०, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३


