

-
काठमाडौं : दशैंतिहार तथा छठजस्ता ठूला चाडपर्वका समयमा वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच बिहीबार (असोज २२) भएको छलफलमा सरकारले स्वीकृत गरेको भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरिएको हो ।
नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण र सोहीअनुसार सम्बन्धित वायुसेवा कम्पनीका भाडादर सार्वजनिक गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ ।
चाडपर्वको समयमा आन्तरिक हवाई यात्रुको चाप अत्यधिक बढ्ने र त्यसको फाइदा उठाउँदै वायुसेवा कम्पनीहरूले अधिकतम भाडादरमा मात्र टिकट उपलब्ध गराउने गरेको गुनासो प्राधिकरणमा प्राप्त भएको थियो । सोही गुनासोका आधारमा प्राधिकरणको प्रधान कार्यालय सिनामंगलमा महानिर्देशक र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच छलफल गरिएको हो ।
प्राधिकरणले सबै आन्तरिक वायुसेवा कम्पनीलाई बिहीबार भएको सहमति अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । साथै, सहमतिअनुसारको भाडादर आफ्ना टिकट बिक्री तथा वितरणका माध्यममा सार्वजनिक गर्न समेत भनिएको छ ।
यात्रुले सहज रूपमा टिकटको मूल्यबारे जानकारी पाउने र स्वीकृत दरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले सहमति कार्यान्वयनमा जोड दिइएको प्राधिकरणले जनाएको छ ।
News Desk 0 response बिहिबार, अशोज २२, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३


