• चीनसँग जोडिएका तातोपानी, रसुवागढी–केरुङ र कोराला तीनवटै स्थलमार्गबाट व्यापार प्रभावित भएको छ । यी नाकाबाट खासगरी दसैं–तिहारका लागि ल्याइने लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स, घर सजावटका सामग्री, झिलिमिली बत्ती, मूर्ति तथा विभिन्न व्यापारिक वस्तु आउँछन् । सयौँ कन्टेनर विभिन्न स्थानमा रोकिएका छन् ।
    चीनबाट आउने लत्ताकपडा, इलेक्ट्रोनिक्स, गाडी र फोनजस्ता वस्तुमा केही मूल्य वृद्धि हुनु स्वाभाविक हो ।
    यसपालि बजारमा मूल्य वृद्धिभन्दा पनि सामानको चरम अभाव हुने जोखिम बढी छ । दसैं–तिहार लक्षित लत्ताकपडा, जुत्ता–चप्पल, झिलीमिली बत्ती, मूर्ति, घर सजावटका सामग्री र इलेक्ट्रोनिक्स सामान डेढ महिनादेखि बाटोमै रोकिएका छन् ।

    दशैंमा नयाँ लुगा फेर्ने न्यून आय भएका परिवारलाई सामानको अभावले सबैभन्दा बढी असर गर्छ । काठमाडौंमा सामान आइपुगे पनि मेचीदेखि महाकालीसम्म पु¥याउन समय अभाव हुन्छ । तातोपानीतर्फ नेपालबाट सडक खुलिसकेको अवस्था छ । त्यसैले सरकारले चिनियाँ पक्षसँग विशेष कूटनीतिक पहल गरे केही सामान ल्याउन सकिने अवस्था हुन्छ ।
    तातोपानीतर्फको बाटो क्लियर भइसकेको छ । सरकारले चिनियाँ पक्षसँग विशेष पहल गरे नाका छिट्टै सञ्चालनमा ल्याउन सकिन्छ । ठूलो परिमाणका सामान हवाई मार्गबाट ल्याउन सम्भव छैन त्यसकारण पनि स्थलमार्ग अनिवार्य छ ।
    चीनबाट सामान आउने तीनवटै स्थलमार्ग प्रभावित हुँदा बजारमा प्रत्यक्ष असर परेको छ । इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ता–चप्पल, मेसिनरी, हार्डवेयर, स्वास्थ्य तथा सर्जिकल सामग्रीमा समस्या देखिएको छ । स्वदेशी गार्मेन्ट, जुत्ता र फर्निचर उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत असर परेको छ । केरुग रहेको सामाना अर्कोतर्फ लैजाँदा प्रति कन्टेनर १ लाखदेखि १ लाख ५० हजार रूपैयाँसम्म अतिरिक्त खर्च थपिएको छ । सामान्य अवस्थामा करिब १ लाख रूपैयाँ लाग्ने ढुवानी भाडा अहिले ५ देखि ६ लाख रूपैयाँसम्म पुगेको छ । सामानको अभावका कारण बजारमा मूल्य २५ देखि ३० प्रतिशतसम्म बढेको छ । इलेक्ट्रोनिक्सदेखि कपडा, जुत्ता र उद्योगका कच्चा पदार्थसम्म यसको असर परेको छ । चीनबाट आउने वस्तुमा वास्तविक आपूर्ति समस्या देखिएको छ । त्यसले दैशैको मुखमा मूल्य बृद्धिको मार बढेको छ ।