

-
मेलम्ची ।
सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकाको वडा नम्वर ६ र ७ जोड्ने गोरे खोलाको पक्की पुल उद्घाटन गरिएको छ । बीच वाटोमा मेशिन बिगे्रर समस्या आएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरवहादुर तामाङ्ग पैदलै त्यहाँ पुगेर पुलको उद्घाटन गरेका हुन् । झण्डै दुई हजार घरधुरीले प्रत्यक्ष फाईदा लिने यो पुल निर्माणपछि यहाँका जनतालाई सवारी साधन प्रयोगमा पनि धेरै सुबिधा पुगेको छ । दुई करोड २४ लाख रुपैयाँ लगानी रहेको पुलको उद्घाटन गर्दै मन्त्रीले विकासको पहिलो चरण नै यातायात मार्ग भएका कारण यस्ता पुल निर्माणले विकासको पुर्वाधार तयार हुने वताए । यही निर्वाचन क्षेत्रवाट विजयी भएका मन्त्री तामाङले अव यस्ता विकासका पूर्वाधार धेरै आवश्यकता रहेको वताए । यो पुलको निर्माण संगै हेलम्वुलगायत आसपासका धेरै जनता लाभान्वित हुने एमालेका नेता हस्त पण्डितले वताए । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ्ग,मेलम्ची नगरपालिका मेयर डम्वरवहादुर अर्याल,एमाले जिल्ला अध्यक्ष झम्क नेपाललगायतको उपस्थति थियो ।
News Desk 0 response बुधबार, बैशाख १९, २०७५

सम्बन्धित शीर्षकहरु
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



