

-
अनुसन्धानकर्ताहरूले पहिलो पटक टाढाको ताराको परिक्रमा गरिरहेको पृथ्वीजस्तै चट्टानी ग्रहको वरिपरि वायुमण्डल पत्ता लगाएका छन् । यो खोज सौर्यमण्डलबाहिर पृथ्वीजस्तै अवस्था भएका ग्रहहरू हुन सक्छन् भन्ने सबैभन्दा बलियो प्रमाण भएको अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ । हिलियम आफैँमा जीवनका लागि उपयुक्त मानिँदैन तर वैज्ञानिकहरूले त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्ने विश्वास गरेका छन् ।
यस अनुसन्धानका प्रमुख लेखक अमेरिकाको हार्भर्ड विश्वविद्यालयका डा। कोलिन चेरुबिमले यस खोजलाई ‘ठूलो उपलब्धि’ भन्नुभएको छ । उहाँका अनुसार पहिलो पटक अर्को ताराको बसोवासयोग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको हो ।
‘एलएचएस ११४० बी’ नामक यो ग्रह पृथ्वीबाट ४८ प्रकाश वर्ष टाढा छ । यो ग्रहले सूर्यभन्दा निकै सानो र कम तातो–रातो ताराको परिक्रमा गर्छ ।
अहिलेसम्म वैज्ञानिकहरूले टाढाका ताराहरूको परिक्रमा गरिरहेका ६ हजारभन्दा धेरै ग्रहहरू पत्ता लगाएका छन् । पछिल्लो अनुसन्धानले अर्को ग्रहमा जीवनको खोजीतर्फ अर्को महत्त्वपूर्ण पाइला अघि बढाएको खबरमा उल्लेख छ ।
‘साइन्स’ जर्नलमा प्रकाशित यस अनुसन्धानका लेखकहरूले अहिलेसम्म अन्य कुनै पनि ग्रहमा जीवन फेला नपारेको स्पष्टरूपमा बताएका छन् । तर ग्रहमा जीवनको सम्भावनाका लागि पानीको उपस्थिति अनिवार्य हुन्छ । ग्रहको तापक्रम न त धेरै तातो न त धेरै चिसो भएको अवस्थामा जीवनका लागि उपयुक्त हुन्छ ।
अहिलेसम्म वैज्ञानिकहरूले आ–आफ्ना ताराहरूको ‘गोल्डिलक्स जोन’ मा सयौँ ग्रहहरू पत्ता लगाएका छन् । यद्यपि तीमध्ये केही दर्जन मात्र पृथ्वीजस्तै साना र चट्टानी छन् । यसलाई यस्ता ग्रहहरूमा जीवनको सम्भावना हुन सक्ने एउटा महत्त्वपूर्ण सङ्केतका रूपमा पनि लिइन्छ ।
वैज्ञानिकहरूले जीवनको खोजीमा ‘एलएचएस ११४० बी’ ग्रहलाई मात्र हेरिरहेका छैनन् । वैज्ञानिकहरू ‘के २–१८ बी’ नामक सब–नेपच्युन ग्रहप्रति पनि विशेषरूपमा इच्छुक छन् ।
यसमा पानीको प्रचुरता भएको क्षेत्र हुन सक्ने विश्वास गरिन्छ । वैज्ञानिकहरूले त्यहाँ ‘डाइमिथाइल सल्फाइड’ नामक ग्यासको सङ्केत पत्ता लगाएपछि यो ग्रह चर्चामा आएको थियो । पृथ्वीमा यो ग्यास समुद्री जीवहरूसँग सम्बन्धित मानिन्छ ।
तर सन् २०२५ मा नासाको नेतृत्वमा भएको पुनः विश्लेषणले यो सङ्केत पुष्टि गर्न सकिने गरी बलियो नभएको देखाएको थियो ।
News Desk 0 response मङ्लबार, साउन ५, २०८३

सम्बन्धित शीर्षकहरु
-
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३
-
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



