

-
काठमाडौं : रुसले एक दशकभित्र चन्द्रमामा आणविक ऊर्जा प्लान्ट बनाउने योजना बनाएको छ । रुसले आफ्नो चन्द्रमा अन्तरिक्ष कार्यक्रम र संयुक्त रुसी–चिनियाँ अनुसन्धान स्टेशनलाई आपूर्ति गर्न अर्को दशकमा चन्द्रमामा आणविक ऊर्जा प्लान्ट राख्ने योजना बनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
सन् १९६१ मा सोभियत अन्तरिक्षयात्री युरी गागारिन अन्तरिक्षमा जाने पहिलो मानव बनेदेखि नै रुसले अन्तरिक्ष अन्वेषणमा अग्रणी शक्तिका रूपमा आफूलाई गर्व गर्दै आएको छ तर पछिल्ला दशकहरूमा अमेरिका र चीनभन्दा पछाडि परेको छ ।
सन् २०२३ को अगस्टमा रुसको मानवरहित मानवरहित ‘लुना–२५’ मिसन चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा महत्त्वाकाङ्क्षी योजनामा ठूलो धक्का लागेको थियो ।
रुसको राज्य अन्तरिक्ष निगम ‘रोस्कोसमोस’ ले सन् २०३६ सम्ममा चन्द्रमामा ऊर्जा संयन्त्र निर्माण गर्ने योजना बनाएको र यसका लागि ‘लाभोचकिन एसोसिएशन एयरोस्पेस’ कम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
रोस्कोसमोसले प्लान्टको उद्देश्य रुसको चन्द्र कार्यक्रमलाई ऊर्जा प्रदान गर्नु रहेको बताएको छ जसमा रोभर, एक वेधशाला र संयुक्त रुसी–चिनियाँ अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेशनको पूर्वाधार समावेश छ ।
रोस्कोसमोसले प्लान्ट आणविक हुनेछ भनेर स्पष्ट रूपमा बताएको छैन तर यसले सहभागीहरूमा रुसी राज्य आणविक निगम ‘रोसाटोम’ र रुसको अग्रणी आणविक अनुसन्धान संस्थान ‘कुर्चाटोभ इन्स्टिच्युट’ समावेश रहेको बताएको छ ।
रोस्कोसमोसका प्रमुख दिमित्री बाकानोभले गएको जुनमा निगमको एउटा उद्देश्य चन्द्रमामा आणविक ऊर्जा केन्द्र स्थापना गर्नु र शुक्र ग्रहको अन्वेषण गर्नु रहेको बताएका थिए ।
News Desk 0 response बुधबार, पुस ९, २०८२

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


