

-
काठमाडौं : सरकार ‘जेनजी’ आन्दोलनमा सहभागीको मुद्दा सम्बोधनमा केन्द्रित भएको छ । यही मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट जेनजी आन्दोलनमा सहभागीलाई माफी मिनाहा र मुद्दा फिर्तासहितका काम गर्न आयोगसम्बन्धी अध्यादेश सिफारिस गरिएको छ । तर, राष्ट्रपतिबाट केही गम्भीर विषयमा कानुनी परामर्श आवश्यक देखिएको भन्दै अध्यादेश जारी भएको छैन ।
“गम्भीर प्रकृतिका अपराधमा पनि माफी मिनाहा दिन सक्ने प्रावधानसहित अध्यादेश सिफारिस भएकाले त्यसमा कानुनी परामर्शको खोजी गरिएको हो,” राष्ट्रपति कार्यालय स्रोतले बाह्रखरीसँग भन्यो, “कानुनी परामर्शपछि सम्मानीयज्यू (राष्ट्रपति)ले त्यसमा के गर्ने भनेर आवश्यक निर्णय लिनुहुनेछ ।”
जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते राष्ट्रका धरोहर र राष्ट्रिय सम्पत्तिमा आगजनी गरी ध्वस्त पारिएको थियो । त्यसमा संलग्नलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाए पनि अदालतमा विचाराधीन मुद्दा आयोगमा सार्ने र माफी मिनाहा दिन सक्ने प्रावधानसहित सरकारले अध्यादेश सिफारिस गरेको छ ।
यसबाहेक यही मंसिर ८ गते बसेको ‘जेन–जी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति’को बैठकबाट हालसम्म भएका निर्णयहरू कार्यान्वयनको प्रगति समीक्षा गर्दै बाँकी काम गर्न गृहसहित सरोकारवाला मन्त्रालयमा सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए ।
सरकारले ‘जेन्जी परिषद् गठन तथा सञ्चालन आदेश’ पनि तर्जुमा गरिसकेको उनले बताए । “राष्ट्रिय जेन्जी परिषद् गठन तथा सञ्चालन आदेश तर्जुमा भई राय परामर्शका लागि मन्त्रालयहरूमा पठाइएको छ,” प्रवक्ता अर्यालले भने ।
News Desk 0 response शुक्रबार, मंसिर १२, २०८३

सम्बन्धित शीर्षकहरु
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि अनुसन्धानको दायरामा आउलान ?
शुक्रबार, मंसिर १२, २०८३-
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३
-
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३ -
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


