

-
काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिक विवरण अद्यावधिक गर्ने प्रक्रिया पूरा गरेसँगै पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५औँ नियमित महाधिवेशन होमिएपछि विवाद चुलिएको छ ।
आयोगको निर्णयपछि पार्टीको रुख चिह्न र चारतारे झन्डा प्रयोग गर्ने वैधानिकतामाथि प्रश्न उठाउँदै कांग्रेसले त्यसको दुरुपयोग रोक्न आयोगलाई औपचारिक पत्राचार गर्ने निर्णय गरेको छ ।
कांग्रेसको तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले देउवा पक्षले महाधिवेशनका नाममा पार्टीको आधिकारिक चुनाव चिह्न र झन्डा प्रयोग गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको नाम, लेटरप्याड, ब्यानर, चारतारे झन्डा तथा चुनाव चिह्न ‘रुख’ को अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा क्रियाकलाप सञ्चालन गर्दै आएकोप्रति केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनले भने, “कानुनबमोजिम दर्ता भएको राजनीतिक दलको नाम, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको संरक्षण गर्नु र तिनको अनधिकृत प्रयोग रोक्नु आयोेगको कानुनी दायित्व हो । वैधानिक पहिचानको संरक्षण गर्ने तथा त्यस्ता अनधिकृत गतिविधि रोक्न आवश्यक कदम चाल्ने वैधानिक अपेक्षा केन्द्रीय कार्यसमिति गर्दछ ।”
त्यस्ता गतिविधि पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढङ्गले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहविरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही एवं कानुनी प्रक्रिया अगाडि बढाउने कांग्रेसले निर्णय गरेको छ ।
उता देउवा पक्ष भने कानुनी लडाइँबाटै आफ्नो वैधानिकता स्थापित हुने विश्वासमा छ । महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले पार्टीका मूल्य–मान्यता र विधानअनुसार आफूहरू अगाडि बढिरहेको दाबी गरे ।
उनले भने, “वडादेखि केन्द्रसम्म अधिवेशन हामीले गरिरहेका छौँ । सर्वोच्चमा कानुनी लडाइँका रूपमा हाम्रो मुद्दा छ । अदालतले न्याय दिन्छ भन्नेमा हामी विश्वस्त छौँ ।”
निर्वाचन आयोगको निर्णयलाई अदालतको अन्तिम फैसलाका रूपमा बुझ्न नहुने देउवा पक्षको तर्क छ ।
“१४औँ महाधिवेशनबाट शेरबहादुर देउवालाई कुनै पनि तरिकाले हटाइएको छैन, उहाँले राजीनामा दिनुभएको छैन’’ उनले भने, ‘‘त्यसैले उहाँ नै वैधानिक सभापति हो । वैधानिक सभापतिले आफ्नो कार्यभार नियमित अधिवेशन गरेर नयाँ कार्यसमितिलाई सुम्पिनुहुन्छ ।”
राजनीतिक, सांगठनिक र कानुनी सबै हिसाबले देउवा पक्ष सही ठाउँमा रहेको उनको दाबी छ ।
अधिवक्ता एवं डेमोक्रेटिक लयर्स एसोसिएसनकी पूर्वमहासचिव लक्ष्मी रावल विशेष महाधिवेशनबाट बनेको संरचनाको जगमा गरिएको १५औँ महाधिवेशनलाई पार्टी विधानले नचिन्ने तर्क गर्छिन् ।
उता, वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा। भीमार्जुन आचार्य कुनै पनि पक्षले आफूलाई अन्तिम रूपमा आधिकारिक दाबी गर्न सक्ने अवस्था नरहेको बताउँछन् ।
उनका अनुसार, देउवा पक्षले विशेष महाधिवेशनबाट भएको निर्णयविरुद्ध दिएको पुनरावलोकन निवेदनको अन्तिम फैसला आउन बाँकी रहेकाले आधिकारिकताको विवाद अझै न्यायिक निरूपणको पर्खाइमा छ ।
News Desk 0 response आइतवार, मंसिर १४, २०८३

सम्बन्धित शीर्षकहरु
-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


