खेलकुद

साग पुरुष क्रिकेट– नेपाललाई कास्यपदक

काठमाडोँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो स्थानको लागि आज भएको भिडन्तमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित...

तेह्रौँ साग: नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुँदै

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को आज नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुनेछ । आज काठमाडौँ, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस...

सागः बास्केटबलमा नेपाल सेमिफाइनलमा

काठमाडाैं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपाल माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको खेलमा नेपाल माल्दिभ्सलाई ७६–६२ ले...

भारोत्तोलनमा नेपाललाई थप एक एक रजत र कास्य

चिप्लेढुङ्गा । तेह्रौँ साग भारोत्तोलनअन्तर्गत नेपाल पदक तालिकामा थप एक एक रजत र कास्य थप्न सफल भएको छ । चार दिनसम्म पोखरामा चलेको सो प्रतियोगिताको अन्तिम दिन आज नेपालका लागि सागर भण्डारीले पुरुष १०९...

बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा

काठमाडौँ । बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध...

तेह्रौँ सागः महिला क्रिकेटमा नेपाललाई कास्य पदक

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेट स्पर्धामा आयोजक नेपालले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सलाई १० विकेटले पराजित...