

-
काठमाडोँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो स्थानको लागि आज भएको भिडन्तमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो । माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्यलाई नेपालले १६ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा आरिफ शेखले सर्वाधिक ३२ रनको योगदान दिनुभयो भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोड्नुभयो । त्यस्तै रोहित पौडेलले १५ रन जोड्दा पवन सर्राफ १० तथा विनोद भण्डारीले १२ रनको योगदान गर्नुभयो । बलिङतर्फ माल्दिभ्सका उमर अदमले ३ विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्स निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनमा समेटिएको थियो । उसका लागि लिम साफेगले सर्वाधिक १९ रनको योगदान दिनुभयो भने मोहमद रिसवानले १७, कप्तान मोहमद माफोजले १६ तथा अमिल माउरुफले १३ रन जोड्नुभयो । माल्दिभ्सलाई ९४ रनमा समेट्नेक्रममा नेपालका ललितनारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिनुभयो ।
नेपाल पहिलो खेलमा श्रीलङकासँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई १४१ रनले हराएको थियो । त्यसैगरी माल्दिभ्सलाई ८४ रनले हराएको थियो । बङ्गलादेशसँग ४४ रनले पराजित भएपछि नेपालको स्वर्ण पदक जित्ने संभावना समाप्त भएको थियो । पुरुषतर्फ स्वर्ण पदकका लागि आज नै श्रीलङ्का र बङ्गलादेश भिड्दैछन् । रासस
News Desk 0 response सोमवार, मंसिर २३, २०७६


सम्बन्धित शीर्षकहरु

एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९