

-
चिप्लेढुङ्गा । तेह्रौँ साग भारोत्तोलनअन्तर्गत नेपाल पदक तालिकामा थप एक एक रजत र कास्य थप्न सफल भएको छ । चार दिनसम्म पोखरामा चलेको सो प्रतियोगिताको अन्तिम दिन आज नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जित्न सफल हुनुभयो ।
यस्तै १०९ प्लस तौल पुरुष १०९ तौल समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जित्नुभयो । उहाँले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गर्नुभएको थियो ।
नेपालका लागि रजत जित्नुभएका भण्डारीले राष्ट्रिय रेकर्डसहित रजत जित्नुभएको हो । उहाँले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाउनुभयो । सागको छनोट चरणमा आफ्नो नामको तीनै विधाको रेकर्ड १३ औंँ सागमा उहाँले भङ्ग गरेको जानकारी नेपाल भारोत्तोलन सङ्घका प्रवक्ता रुकेश तण्डुकारले जानकारी दिनुभयो ।
प्रतियोगितामा बङ्गलादेशका मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाउनुभयो । उहाँले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाउनुभएको थियो ।
आज नै भएको १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जित्नुभयो । उहाँले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाउनुभएको थियो । सो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो ।
यस्तै श्रीलङ्काली डब्लु पीयु चरुकाले रजत पदक जित्नुभएको छ । उहाँले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गर्दा नेपालका लागि पुकारले कुल २७५ तौल उठाए । उहाँले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गर्नुभयो । नेपालका लागि रजत र कास्य जित्ने दुवै खेलाडीले समान २७५ तौल उठाएका हुन् । पुकारका लागि स्न्याच विधामा राष्ट्रिय रेकर्ड हो । सो स्पर्धामा बङ्गलादेशका खेलाडी चौथो भए ।
बीस स्वर्णसहित कुल ६० पदकका लागि महिला तथा पुरुषतर्फ दश दश वेट क्याटागोरीमा भएको खेलमा नेपालले कुल १६ क्याटागोरीमा भाग लिएको थियो । सबै इभेन्टमा नेपालले पदकविहीन हुनुपरेन । यसरी साग भारोत्तोलनमा नेपालले दुई स्वर्ण, तीन रजत र ११ कास्य पदक जित्दै यात्राको सुखद् अन्त्य गरेको छ । रासस
News Desk 0 response आइतवार, मंसिर २२, २०७६


सम्बन्धित शीर्षकहरु

युरोकप छनोट : रोनाल्डोको कीर्तिमानमा पोर्चुगल तथा केनको कीर्तिमानमा इङ्ल्यान्डको जित
शुक्रबार, चैत्र १०, २०७९-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२०..
शनिबार, चैत्र ११, २०७९ -
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९