
-
काठमाडौँ । बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्र्ने हुन्छ ।
यता बङ्गलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन् । खेल आज साँझ ५ बजेपछि शुरु हुनेछ ।
भूटानविरुद्व ४–० को जीत निकालेको नेपालले श्रीलङ्कासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धारित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।
सोही कारण पनि आज साग फुटबलको फाइनल प्रवेशका लागि नेपाललाई बङ्गलादेशसँग जीत या बराबरी आवश्यक छ । दशरथ रङ्गशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिबार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पा¥यो । जारी खेलमा नेपालसँग मात्रै पराजित भूटान चार खेलबाट शीर्ष ९ अङ्क जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ ।
त्यसैगरी नेपाल ७ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यता बङ्गलादेशको ४ अङ्क रहेको छ । श्रीलङ्का र माल्दिभ्सको भने समान २÷२ अङ्क रहेको छ । नेपाल र बङ्गलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भूटानसँग खेल्नेछ । सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो । रासस
News Desk 0 response आइतवार, मंसिर २२, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९