

-
दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै सङ्कटमा परेको छ । हरेक वर्ष समुद्र तट साँघुरिँदै गएको र समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमिनमा छरिएका समाचार संस्था एएफपीले जनाएको छ ।
झन्डै १० हजार मानिसको बसोवास रहेको आयटोरो सन् १९४७ मा सामुदायिक स्वामित्वमा आधारित समाज निर्माण गर्न चाहने कम्युनिस्ट विचारबाट प्रभावित इसाईहरूको समूहले स्थापना गरेको थियो ।
तर सन् २००० को दशकदेखि बस्तीमा तटीय क्षयीकरण तीव्र हुँदै गएको छ । इलाजे जिल्लाका अन्य १९ समुदाय पनि यसबाट प्रभावित छन् । नगर योजना विशेषज्ञ बार्नाबास ओगिरिमा जेम्सको अध्ययनअनुसार सन् १९८७ देखि २०२२ सम्म आयटोरोको तट रेखा हरेक वर्ष औसत १५ मिटर पछाडि सरेको छ ।
सन् २०२४ मा प्रकाशित ‘साइन्टिफिक रिपोर्ट’ को अध्ययनले पश्चिम अफ्रिकाको गिनीको खाडीमा समुद्री सतह हरेक वर्ष झन्डै ३।९ मिलिमिटरले बढिरहेको र यो विश्वव्यापी औसतभन्दा १०।५ प्रतिशत धेरै रहेको जनाएको थियो ।
आयटोरोका परम्परागत राजा ओलुवाम्बे ओजाग्बोहुन्मीले १४ वर्षअघि खिचिएको तस्बिर देखाउँदै भन्नुभयो, ‘त्यति बेला यहाँ भवनहरू थिए । अहिले तीमध्ये कुनै पनि बाँकी छैनन् ।’ उनका अनुसार दरबारमा पहिले झन्डै १०० वटा कोठा थिए, अहिले झन्डै १ दर्जन मात्र बाँकी छन् । समुद्र नजिकिएको उनको शयनकक्षमा राति छाल पर्खालमा ठोक्किएको आवाज सुनिन्छ ।’
‘यो हाम्रो भूमि हो । हामी कहाँ जाने रु यो निकै जटिल अवस्था हो’, उहाँले गुनासो गर्नुभयो ।
गएको अप्रिलमा आएको आँधीका कारण समुद्रको सतह बढ्दा दरबारका बासिन्दा १ हप्तासम्म घरभित्रै थुनिएका थिए । राजाका व्यक्तिगत सहायक तथा माछा मार्ने अकिङबोयका अनुसार सन् २०१९ मा समुद्रले उनको बुबाको घर बगाएपछि आफूले जोगाउन सकेको एउटै वस्तु विश्वविद्यालयको प्रमाणपत्र थियो । केही परिवार ३ पटकभन्दा धेरै स्थानान्तरण भइसकेका छन् ।
लागोस विश्वविद्यालयका ल्यान्डस्केप आर्किटेक्चर अनुसन्धानकर्ता ओलुवासेगुन बाबातुन्डे एसानका अनुसार तीव्र शहरीकरणसँगै बाढीका मैदान, दलदल र तटीय क्षेत्रसमेत मानव बसोवास तथा औद्योगिक गतिविधिका लागि प्रयोग भइरहेकाले समस्या थपिएको हो । उनले तटीय क्षेत्रमा कडा नियमनसँगै म्यानग्रोभ र नरिवलका रुख रोपेर प्राकृतिक अवरोध विकास गर्न सुझाव दिए ।
समुद्री पानीको अतिक्रमणले आयटोरोको स्वास्थ्य र शिक्षामा समेत असर पारेको छ । बस्तीको एकमात्र स्वास्थ्य केन्द्र पानीको चपेटामा परेको छ । स्वास्थ्यकर्मी ओमोमी ओलुवासेनले पानी कहिलेकाहीँ झ्यालसम्म पुग्ने गरेको बताए । समुद्री पानीका कारण खानेपानी प्रदूषित हुँदा टाइफाइड र झाडापखालाजस्ता पानीजन्य रोगको जोखिम बढेको उनको भनाइ छ ।
४५ वर्षीय शिक्षक सन्डे अकिन्जोयका अनुसार विद्यालयहरू पनि घरहरूजस्तै पटक–पटक स्थानान्तरण गर्नुपरेको छ । ‘यसले बालबालिकामा मनोवैज्ञानिक असर पारेको छ । उनीहरूको पढाइमा ध्यान केन्द्रित गर्ने क्षमता निकै घटेको छ’, उनले भने ।
जलवायु परिवर्तनसँगै समुद्री सतह बढ्दै जाँदा आयटोरोजस्ता नाइजेरियाली तटीय बस्तीमा घर, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको सङ्कट झन् गहिरिँदै गएको छ ।
News Desk 0 response सोमवार, भदौ १, २०८३

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



