

-
काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन देशभर मनाइने भगवान् बुद्धको जन्मजयन्ती यस वर्ष विधिपूर्वक पूजा पाठमा मात्र सीमित गरिने भएको छ ।
कोभिड–१९को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध चैत्यमा सीमित लामामात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने निर्णय बौद्ध क्षेत्रका सङ्घसंस्थाको बैठकले गरेको काठमाडौँ महानगरपालिका वडा नं ६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिए ।
विगतका वर्षमा बौद्धबाट जोरपाटी–तीनचुले–रामहिटी–महाँकाल–चुच्चेपाटी–चाबहिल हुँदै पुनः बौद्धसम्म भगवान् बुद्धको अस्थिधातुसहित शोभासमेत गरिन्थ्यो । यस वर्ष शोभायात्रा, प्रवचनलगायत कार्यक्रम स्थगित गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रकुमार लामाले बताए ।
यही वैशाख २५ गते ५६४ औँ बुद्धजयन्ती मनाइँदै छ । बौद्ध परिसरको कपडा भने फेर्न लागिएको बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाले जानकारी दिए । बौद्धवासीलाई वैशाख २५ गते बेलुका घर घरमा दीपावली गर्न भने बैठकले आह्वान गरेको छ । बौद्ध चैत्य परिसरमा पनि दीप प्रज्वलन भने गरिने जनाइएको छ । २५६४ वर्ष अघि लुम्बिनीमा वैशाख शुक्ल पूर्णिमाका दिन राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट सिद्धार्थ गौतमको जन्म भएको थियो ।
सिद्धार्थ गौतम कठोर तपस्याद्वारा ज्ञान प्राप्त गरी भगवान् बुद्ध बनेका थिए भन्ने भनाइ छ । बुद्धले ज्ञान प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यसलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाइन्छ ।
News Desk 0 response शनिबार, बैशाख २०, २०७७

सम्बन्धित शीर्षकहरु
-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३
-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



