

-
भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरेका हुन् ।
आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
भारतीय संगीत क्षेत्रमा अद्वितीय योगदान पुर्याएकी भोसले विश्वकै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारका रुपमा परिचित थिइन्। सन् २०११ मा ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ले उनलाई इतिहासमै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने गायिकाका रूपमा मान्यता दिएको थियो। उनले २० भन्दा बढी भाषामा ११ हजारभन्दा बढी गीतमा स्वर दिएकी छन्।
उनी केवल भारतीय संगीतमा सीमित रहिनन्। नेपाली संगीतमा पनि उनको योगदान अत्यन्त महत्वपूर्ण छ। नेपाली श्रोतामाझ उनले गाएका गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्। विशेषगरी चलचित्र माइतीघरका ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘गैरी खेतको शिरैमा’ र ‘वसन्त नै आउन खोजेको हो कि’ जस्ता गीतहरूले नेपाली संगीतमा अमिट छाप छोडेका छन्।
त्यस्तै ‘झझल्को लिएर आएछ सावन’, ‘अघि अघि बढ्ने यो नेपाली पाइला’ र ‘मोहनी लाग्ला है’ जस्ता गीतहरूले उनलाई नेपाली श्रोतामाझ झनै प्रिय बनाएको थियो। ‘मोहनी लाग्ला है’ मा उनले स्वर सम्राट नारायण गोपालसँग सहकार्य गरेकी थिइन्। जुन नेपाली संगीतको ऐतिहासिक युगल गीतमध्ये एक मानिन्छ।
नेपालका चर्चित संगीतकार रञ्जित गजमेरसँगको सहकार्यले पनि उनलाई नेपाली चलचित्र संगीतमा विशेष स्थान दिलायो। उनको स्पष्ट उच्चारण र भावपूर्ण गायनका कारण गैर–पाली हुँदा हुँदै पनि नेपाली गीतमा मौलिकता झल्किन्थ्यो।
उनको निधनसँगै भारतीय मात्र नभई नेपाली संगीत क्षेत्रले पनि एक युग समाप्त भएको अनुभूति गरेको छ। उनको स्वरले दुई देशबीचको सांगीतिक सम्बन्धलाई सधैंका लागि जीवन्त बनाइरहने छ।
News Desk 0 response आइतवार, चैत्र २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



