

-
भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरेका हुन् ।
आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
भारतीय संगीत क्षेत्रमा अद्वितीय योगदान पुर्याएकी भोसले विश्वकै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारका रुपमा परिचित थिइन्। सन् २०११ मा ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ले उनलाई इतिहासमै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने गायिकाका रूपमा मान्यता दिएको थियो। उनले २० भन्दा बढी भाषामा ११ हजारभन्दा बढी गीतमा स्वर दिएकी छन्।
उनी केवल भारतीय संगीतमा सीमित रहिनन्। नेपाली संगीतमा पनि उनको योगदान अत्यन्त महत्वपूर्ण छ। नेपाली श्रोतामाझ उनले गाएका गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्। विशेषगरी चलचित्र माइतीघरका ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘गैरी खेतको शिरैमा’ र ‘वसन्त नै आउन खोजेको हो कि’ जस्ता गीतहरूले नेपाली संगीतमा अमिट छाप छोडेका छन्।
त्यस्तै ‘झझल्को लिएर आएछ सावन’, ‘अघि अघि बढ्ने यो नेपाली पाइला’ र ‘मोहनी लाग्ला है’ जस्ता गीतहरूले उनलाई नेपाली श्रोतामाझ झनै प्रिय बनाएको थियो। ‘मोहनी लाग्ला है’ मा उनले स्वर सम्राट नारायण गोपालसँग सहकार्य गरेकी थिइन्। जुन नेपाली संगीतको ऐतिहासिक युगल गीतमध्ये एक मानिन्छ।
नेपालका चर्चित संगीतकार रञ्जित गजमेरसँगको सहकार्यले पनि उनलाई नेपाली चलचित्र संगीतमा विशेष स्थान दिलायो। उनको स्पष्ट उच्चारण र भावपूर्ण गायनका कारण गैर–पाली हुँदा हुँदै पनि नेपाली गीतमा मौलिकता झल्किन्थ्यो।
उनको निधनसँगै भारतीय मात्र नभई नेपाली संगीत क्षेत्रले पनि एक युग समाप्त भएको अनुभूति गरेको छ। उनको स्वरले दुई देशबीचको सांगीतिक सम्बन्धलाई सधैंका लागि जीवन्त बनाइरहने छ।
News Desk 0 response आइतवार, चैत्र २९, २०८२

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


