

-
“नारी महिमा”
नारायण सिटौला 0 response मङ्लबार, अशोज १४, २०८२
सिर्जना शक्तिकी स्रोत सृष्टिकी रचिता उनी
दया र करुणा, स्नेह ममता दिव्यदायिनी ।।
दयालु अति नै नारी भव सिँगार्न सक्दछिन् ।
भवानी देवी हुन् नारी स्नेहले विश्व ढाक्दछिन् ।
थकान तनमा छैन न कुनै छ सिकायत
गर्छिन् सन्तानको रक्षा प्रेमकी हुन् हिमायत ।।
तपस्वी हुन् उनै नारी दृष्टान्त, सबरी सरी
कति निश्चल हो प्रेम बग्दछिन् सरिता सरी ॥
प्रेमको परिभाषामा राधारानी बनिन् उनी ।
ज्ञानको ज्योतिमा को छ, शारदाझै उनी पनि ।।
पखाल्छिन् प्रेमले मैला गंगाझै छ पवित्रता ।
फुटाल्छिन् पापको घैला यसैमा छ विचित्रता ।।
के होइनन् भन यी नारी माता, धाता सबै उनी ।
पत्नी हुन् रामकी सीता, जानकी हुन् कतै उनी ।।
यमकी यमुना हुन् कि, मधुकी मालती उनी ।
बोल्दछिन् प्रेमको बोली चखेबी झै बने पनि ।।
दु:खको भुमरीलाई थेगेकी छन् हिमाल झै
सुखको सार बुझ्दैछिन्, पढ्न सक्छौ किताबझै ?
जहाँ छ नारीको स्नेह सिङ्गै जीवन फुल्दछ ।
राख सम्मानको भाव स्वर्ग झै लोक बन्दछ ।।
– नारायण सिटौला २९ वैशाख २०८२ (हाल बेलायत)
– वाचन: रन्जना आत्रेय

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



