

-
सोमवार लविङ महल पुगेर ऋचा शर्मा, समिर भट्टलगायतको अभिनयमा बनेको बलिदान हेरियो । पछिल्ला वर्षहरूमा नेपाली सिनेमाले सामाजिक र यथार्थपरक कथावस्तुका माध्यमबाट दर्शकको मन जित्दै आएको छ । ग्रामीणदेखि शहरी परिवेशसम्मका कथामा आधारित फिल्महरूले दर्शक तानिरहेका छन् । बलिदान पनि समाज र राजनीति सँगसँगै चल्ने कथा रहेछ ।
तर यस सिनेमाको विशेषता भनेको यसको द्वन्द्व (एक्सन) दृश्यमा छ । दक्षिण भारतीय फिल्मको झल्को दिने ती दृश्यहरूले नेपाली एक्सन सिनेमामा नयाँ स्वाद थपेका छन् । लामो समयपछि यस्तो स्तरको भिडन्त र रोमान्चकता अनुभव गर्न पाएको अनुभूति भयो ।
समिर भट्टको अभिनयले पुराना सुपरस्टार राजेश हमालको जोश र व्यक्तित्वको सम्झना गराउँने रहेछ । ऋचा शर्माको सशक्त अभिनयले कथाको गहिराइलाई थप मजबुत बनाएको छ ।
बलिदान केवल मनोरञ्जनको फिल्म होइन, नेपाली एक्सन सिनेमाको सम्भावना पुनर्जीवित गर्ने एक सफल प्रयास पनि हो भन्न सकिन्छ ।
कथामा ऋचा शर्मा निर्वाह गरेको पात्रले संवेदना र गहिरो मनोविज्ञान बोकेको छ । उनी केवल प्रेम पात्र होइनन्, बरु नैतिक दृष्टिकोणबाट मार्गदर्शक पात्र हुन् । फिल्मको भावनात्मक गहिराइ उनको उपस्थितिबाट अझ प्रखर बनेको छ ।दक्षिण भारतीय एक्सन सिनेमाको प्रभाव देखिए पनि त्यसले मौलिकतालाई छोडेको छैन । नेपाली सन्दर्भमा त्यस शैलीको संयोजनले नयाँ स्वाद दिएको छ ।
फिल्मको सबैभन्दा बलियो पक्ष एक्सन दृश्य हो । यथार्थपरक मारपिट, विस्फोट, र शारीरिक द्वन्द्वको संयोजनले दर्शकलाई लामो समयपछि रोमाञ्चक अनुभव दिएको छ । समिर भट्टले आफ्नो अभिनयद्वारा नेपाली एक्सन नायकको रिक्तता भरेका छन् ।
News Desk 0 response मङ्लबार, अशोज २१, २०८२
ऋचा शर्मा सधैंझैं गहिरो अभिनयमा सफल देखिन्छिन् । उनले निभाएको पात्रले कथाको भावनात्मक आत्मा सम्हालेको छ । उनको संवादले दर्शकलाई कहिले आँसु ल्याउँछ, कहिले प्रेरणा दिन्छ ।

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


