

-
काठमाडौँ । प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी) भण्डारीको निमोनियाका कारण आज निधन भएको छ । उपचारमा रहनुभएका निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा आज बिहान ११ः३० बजे निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयमा करीब ३८ वर्ष अङ्ग्रेजी विषयमा प्राध्यापन गर्नुभएका ८५ वर्षीय भण्डारी नेपाली साहित्यका क्षेत्रमा प्रखर र प्रस्ट वक्ताका रुपमा स्थापित हुनुहुन्थ्यो । विश्व र नेपाली साहित्यका ज्ञाता एवं बौद्धिक व्यक्तित्वका धनी भण्डारी अङ्ग्रेजी, नेपाली र संस्कृत भाषामा दख्खल राख्नु हुन्थ्यो । उहाँ निबन्धकार, पत्रपत्रिकामा स्तम्भकार र मिलनसार साहित्यकारका रुपमा चिनिनुहुन्थ्यो ।
उहाँका मृगस्थली, रोटी, फुललगायत चार निबन्ध सङ्ग्रह प्रकाशित छन् । साहित्य र समसामयिक विषयमा एफएम रेडियोमा उहाँ प्रवचन दिने गर्नुहुन्थ्यो । पुख्र्याैलीघर डोटी रहेका साहित्यकार भण्डारी प्रजातान्त्रिक विचारप्रति आस्था राख्नुहुन्थ्यो । उहाँका दुई छोरा हुनुहुन्छ ।
News Desk 0 response शनिबार, चैत्र १, २०७६

सम्बन्धित शीर्षकहरु
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



