

-
काठमाडौँ । अभिनव साहित्य समाजले यस वर्षको वेदमणि अभिनव वर्षोत्कृष्ट गजल पुरस्कारबाट नारायण नेपाल मिश्रणलाई पुरस्कृत गरेको छ । समाजको २१७औँ मासिक साहित्यिक शृङ्खलाका अवसरमा शनिबार आयोजित शिशिर काव्य गोष्ठी र १९औँं वार्षिकोत्सवका अवसरमा रु सात हजार नगदसहित नेपाललाई गजल पुरस्कारबाट सम्मान गरिएको हो । सो अवसरमा विशिष्ट साहित्यिक अभियानकर्मी तथा संस्कृतिविद् शीतल गिरी एवं अर्का साहित्यिक अभियानकर्मी तथा सर्जक वसन्त रिजालालाई पनि सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले सम्मानित व्यक्तित्वका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, गोपाल बराल, नवराज पुडासैनी ज्योत्स्ना, डा विदुर चालिसे र डा शेषराज आचार्य तथा सम्मानित तथा पुरस्कृत व्यक्तित्वत्रयले साहित्य साधनामा योगदान गर्नेलाई समाजले प्रोत्साहित गरेको बताउनुभयो ।
समाजले २०५७ फागुन २४ गते शनिबारदेखि मासिक साहित्यिक कार्यक्रम शुरुवात् गरेको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष कोमल लामिछाने, शारदा पराजुली, परशुराम पराजुली, मेनका आचार्य पोखरेल, घनश्याम प्रसाईं, सुमन पुडासैनी, विमल अर्याल, कुसुम शर्मा, पवन सङ्ग्रौला, रामकुमार पण्डित, ओमप्रसाद कोइराला, हरि डाँगी, रमेशजङ थापा, माधवलाल श्रेष्ठ, सम्पत काफ्ले, प्रदीपरत्न शाक्य, ढुण्डिराज पोखरेल, खोला घरे साहिलो, दुर्गा अधिकारी भ्रमरकोटे, पुष्पा धमला, यदुनाथ वसन्तपुर, गोपालकृष्ण रिजाललगायत ४६ कवि एवं कवयित्रीले रचना पाठ गर्नुभएको थियो ।
कार्यक्रममा वाचन गरिएको कविता, गीत, गजलमध्ये पदम मुरारी वाइङ राई, बीपीं इलामे, डिल्लीप्रसाद मुलतिउन, विनोद वत्सलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा गजल साधक डा घनश्याम परिश्रमीले कविता, गजल र मुक्तक लेखनमा पछिल्लो समय उत्कृष्ट रचना आउन थालेका बताउनुभयोे ।
News Desk 0 response आइतवार, फाल्गुन २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



