

-
जलेश्वर । होली पर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँगाउँमा ‘जोगिरा’ (एक प्रकारको गीत) गाउन शुरु भएको छ । महोत्तरी जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको प्रत्येक गाउँ टोलमा गएरातिदेखि नै बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजागाजाका साथ जोगिरा गाउन शुरु भएको हो ।
होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँ टोलका युवा, वृद्ध र वयस्कको छुट्टाछुट्टै टोली बनाई जोगिरा शुरु गरेको जलेश्वर नगरपालिका–११ का होलैया (जोगिरा गाउने) उमेश मण्डलले बताउनुभएको छ । विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्क्याउने तीतामीठा वाक्य र शब्दलाई लयमा ढालेर जिल्लावासीले जोगिरा गाउने गरेको जलेश्वर–७ का होलैया तथा वडाध्यक्षसमेत रहनुभएका राम छविला यादवले बताउनुभयो ।
होलीको अवसरमा जोगिरा गाउनकै लागि युवा देश परदेशबाट आ–आफ्नो गाउँ फर्किएका छन् भने गाउँगाउँमा जोगिराको धुनले अहिले रातभरि नसुत्ने बनाएको पिपरा गाउँपालिका–७ का सञ्चारकर्मी एवं होलैया वैद्यनाथ चौधरीले बताउनुभयो । जलेश्वर–९ का होलैया रामप्रसाद सिंहले आफूहरु जोगिरा गाउनकै लागि अहिले रातिको बेला युवा तथा बयोवृद्धालाई घरघरबाट तानेर ल्याएर राति अबेरसम्म विभिन्न जोगिरा गाउने गरिएकोे बताउनुभयो ।
होलैयाले जोगिराले एकआपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरु रातिका बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको बताउनुभयो । मिथिलाञ्चलसहित महोत्तरीको गाउँगाउँमा शुरु भएको जोगिरा गायन होली पर्वको एक दिन पहिलेको रातिसम्म गाइनेछ । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



