

-
धनगढी । विश्वभरिका नेपालीभाषी लेखक, कवि र साहित्यकारहरुको यहाँ जमघट हुन लागेको छ । पहिलोपटक यहाँ आयोजना हुन लागेको ‘विश्व नेपाली साहित्य महोत्सव’ले नेपालीभाषी साधकहरुलाई एउटै मञ्चमा जमघट हुने अवसर प्रदान गर्न लागेको हो । ‘नेपाली भाषा, नेपाली जाति, नेपाली पहिचान, विश्वलाई जोड्ने कला संस्कृति हो, हाम्रो स्वाभिमान’ भन्ने नारासहित सुदूरपश्चिमाञ्चल साहित्य समाजको पहलमा यो महोत्सव यही फागुन १४ देखि २० गतेसम्म आयोजना हुँदैछ ।
प्राकृतिक सुन्दरता, भौगोलिक सम्पदा, मनोरम र सांस्कृतिक विविधताले सम्पन्न सुदूरपश्चिम प्रदेश भाषा, साहित्य, कला र संस्कृतिको समेत उर्वर भूमि मानिँदै आएको छ । विविधतामा आधारित नेपालको सुन्दरतालाई अभिवृद्धि गर्दै सुदूरपश्चिम प्रदेशले पनि हिमाल, पहाड र तराईका विविध भाषा, संस्कृति, वेशभूषा, रहनसहन, खानपान र सांस्कृतिक सौन्दर्यलाई वरण गरेको छ ।
यसै प्रदेशबाट विभिन्न देशमा पुगेका नेपालीभाषी वीर जातिले नेपाली भाषा संस्कृति सभ्यता र पहिचानलाई बोकेर आफ्नो भाषा संस्कृति र पहिचानलाई विश्व रङ्गमञ्चमा छुट्टै पहिचान दिलाएका छन् । नेपाली भाषा साहित्य र सभ्यताकै जननीस्थलका रूपमा चिनिने काली—कर्णाली क्षेत्रको गौरवमयगाथाका साथै कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, साहित्य जस्ता पक्षलाई उजागर गर्नका लागि यो महोत्सवको पहल गरिएको मदन पुरस्कार विजेतासमेत रहेका सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी बताउनुहुन्छ ।
“संसारभरिका नेपालीभाषीहरुलाई जोड्दै नेपाली भाषा साहित्यको श्रृवृद्धि गर्नका लागि महोत्सव गर्न लागेका छौँ”, जोशीले भन्नुभयो, “महोत्सवका माध्यमले सुदूरपश्चिमलाई चिनाउनसमेत मद्दत पुग्नेछ ।” महोत्सवमा स्वदेश तथा विदेशमा रहेका २०० भन्दा बढी नेपालीभाषी लेखक, कवि र साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सवका संयोजक यज्ञराज उपाध्यायले महोत्सवमा नेपालसहित भारत, बर्मा, अमेरिकालगायत देशमा रहेका नेपालीभाषी, लेखक, कवि, साहित्यकार, कलाकार र बुद्धिजीवी सहभागी हुन लागेको बताउनुभयो ।
महोत्सवको साहित्य सत्रमा विभिन्न वक्ताले साहित्य र राजनीति शीर्षकअन्तर्गत ‘अन्तरद्वन्द्व कि अन्तरसम्बन्ध’, ‘सङ्घर्ष र सफलताको कथा’, ‘काव्यसभा’ जस्ता प्रस्तुति गर्नुहुने कार्यक्रम तय गरिएको छ । आयोजकले सार्वजनिक गरेको महोत्सवको कार्यतालिकाअनुसार विभिन्न वक्ताबाट ‘लोकसभा नपढिएको विश्वविद्यालय’, ‘स्वाभिमानी जातिका स्वाभिमानी पाइला’, ‘महको मिठास’, ‘नेपाली समालोचनाको दशा र दिशा’, ‘हास्यव्यङ्ग्यको झटारो’, ‘नेपाल बाहिरको नेपालीभाषीको जीवन’ लगायतका विषयमा प्रस्तुति हुन लागेको छ । यसबाहेक ‘छन्दसभा’, ‘आख्यानमा आञ्चलिकता’, ‘लेखनमा लिङ्गीय भेदको सकस’, ‘सङ्गठनले धानेको साहित्य आख्यानको नयाँ लोक’, सांस्कृतिक कार्यक्रमसहित कविता, गजल, साहित्यिक छलफल, समालोचना, संवादलगायत विषयमा प्रस्ुतति गरिने बताइएको छ ।
उक्त महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ । आयोजकले महोत्सवको लोगोसमेत सार्वजनिक गरिसकेको छ । महोत्सवमा राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार डा पवन चामलिङ, सरुभक्त, नीलम कार्की निहारिका, डा विष्णुविभु घिमिरे, साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायत स्रष्टाहरुको सहभागिता हुन लागेको छ ।
महोत्सव आयोजना हुने स्थल स्थानीय खुलमञ्चमा स्वागतद्वार र मञ्च निर्माणलगायत काम भइरहेको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रासस
News Desk 0 response सोमवार, फाल्गुन १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



