

-
महोत्तरी । मध्यपूर्वी तराईमा श्रीपञ्चमीयता महावीर झण्डोत्सवको रौनक छ । खासगरी प्राचीन मिथिला क्षेत्रमा अहिले जताततै महावीर झण्डोत्सवको रौनक देखिँदो छ ।
भक्ति, साहस र अतुलनीय पराक्रमका लागि सम्झिने त्रेताकालीन रामभक्त हनुमानलाई मिथिलामा विघ्ननाशक, सङ्कटमोचक, महावीर र पवनदुतसहितका नामले स्मरण गरिन्छ । महावीरका नाउँमा झण्डोत्सव आयोजना गरिँदा नगर÷गाउँ बस्तीमा कुनै विपत्ति नआउने, सुख–शान्ति छाउने र दुष्टको प्रवेश नहुने विश्वासले मिथिलामा यो महोत्सवको प्रचलन चलेको यस परम्पराका जानकार बताउँछन् ।
प्रदेश–२ का आठै जिल्लामा धमाधम महावीर झण्डोत्सव मेला आयोजन हुने र कैयौँ ठाउँमा सम्पन्न हुँदैछन् । यसबाहेक सीमावर्ती भारतीय जिल्लामा पनि महोत्सवको रौनक बाक्लै देखिँदो छ । रङ्गीचङ्गी पतकाजडित विशाल झण्डा महोत्सवको मुख्य आकर्षण हुने गर्छ । उत्तरायण (माघे सङ्क्रान्तिदेखि असार मसान्तसम्मको अवधि) को शुक्लपक्ष महोत्सवका लागि उपयुक्त मानिन्छ । चैतपछि हावाहुरीको प्रकोप बढ्ने हुँदा माघ÷फागुनमै बढीजसो महोत्सव आयोजना हुने गरेका महोत्तरीका प्रेस स्वतन्त्रता सेनानी ८० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।
“महावीर झण्डोत्सव मिथिलामा सामूहिक रुपमा मनाइने हर्षोल्लासको उत्सव हो” आफ्नै बस्तीमा अहिले झण्डोत्सवमा सरिक रहनु भएका मण्डलले भन्नुभयो “श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म वसन्तको उत्कर्ष रहने हुँदा धेरैजसो महावीर झण्डोत्सव यसैबीचमा आयोजन गरिन्छन् ।”
महोत्सव आपसी भेटघाट र रमाइलो गर्न उपयुक्त अवसर मानिन्छ । महिनौँ लगाएर बनाइने आकर्षक पतकाजडित झण्डा ५० फिट अग्लासम्म बनाइन्छन् । तलैतलाका खण्डमा विन्ध्याञ्चल पर्वत बोकेका हनुमानका तस्बिर र शिरानमा विजयको प्रतीक मानिने रातो झण्डा फहराइने यो महोत्सवको खास आकर्षण हो ।
भजनकीर्तन, खेल मनोरञ्जन र नाटक महोत्सवसहितका कार्यक्रम आयोजना गरिने यस अवसरमा दलका शीर्षतहका नेताको सहभागिताले राजनीतिक चहलपहल बढाउने गरेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरी पौडेल बताउनुहुन्छ ।
शुक्लपक्षको ठीक मुहूर्तमा उद्घाटन गरिने महोत्सव कैयन ठाउँमा महिनाभरि लाग्ने गरेका छन् । खेतीपातीमा अलि फुर्सदिलो समय पर्दा मनोरञ्जनका लागि एक÷दुई दिन रमाइलै हुने गरे पनि लामो मेला भने अत्यन्त खर्चिलो र भड्किलो बन्दै गरेको टिप्पणी बढेको छ । यस्ताखाले धार्मिक अनुष्ठान समयक्रमअनुसार परिमार्जित गर्दै थोरै दिनका र कम खर्चिलो बनाउन आवश्यक रहेको नयाँ पुस्ताका शिक्षित युवा बताउँछन् ।
“हाम्रो संस्कृति थेग्ने र प्रवद्र्धन गर्ने मुख्यपक्ष त ठीक मान्न सकिन्छ” महोत्तरीको भङ्गाहा नगरपालिका—५ राजपुरका सामाजिक÷राजनीतिक कार्यकर्ता लक्ष्मण महतो भन्नुहुन्छ, “यद्यपि मेलामा सुरक्षा बन्दोबस्तमा राज्यको उपस्थितिले बढाउने खर्च, मेलामा बढ्ने फोहर र प्रदूषणले महामारी निम्तिने डर र मेलाका नाउँमा बढ्दो तडकभडक कम गर्न महोत्सव कम दिनका तथा कम खर्चमा आयोजना गरिनु पर्दछ ।” रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



