

-
काठमाडौँ । यस वर्षको ‘भद्रकुमारी घले व्यक्तित्व पुरस्कार’ साहित्यकार प्रा डा अभि सुवेदीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ ।
यसैगरी यो वर्षको ‘भद्रकुमारी घले कृतित्व पुरस्कार’ साहित्यकारद्वय काजी रोशन र शेरबहादुर गुरुङ तथा पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । सोही पुरस्कार साहित्यकार आनन्ददेव भट्ट, सुशीला भट्ट र सुनिता गुरुङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
त्यसैगरी यस वर्षको ‘भद्रकुमारी घले साहित्य पुरस्कार’ साहित्यकार तथा समाजसेवी गीता कार्की, सरस्वती जोशी, विमाया तामाङ, गोमा कटवाल तथा पशुपति गुरुङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।
कार्यक्रममा पत्रकार भगवती बस्नेत, रचना श्रेष्ठ, राजेश खनाल, उषा लोहनी, सपना थामी र अरुणा खत्री ललीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ ।
भद्रकुमारी घले सेवा सदनले प्रा वासुदेव त्रिपाठी, राजेन्द्र सुवेदी, कविता आले, उर्मिला डङ्गोल, युवराज गुरुङ र सुचित्रा श्रेष्ठलगायतलाई पनि अनिनन्दन गरेको छ ।
भद्रकुमारी घले सेवा सदनको १६ औँ वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा यहाँ आज आयोजित ‘पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उहाँहरुलाई सो पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा मन्त्री गुरुङले भद्रकुमारी घले सेवा सदनले गरिरहेको कामको उच्च प्रशंसा गर्दै आगामी दिनमा सरकारले त्यसको मूल्याङ्कन गरी सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
News Desk 0 response शनिबार, पुस २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



