

-
जौ खाद्य पदार्थको दृष्टिले पौष्टिक हो भने स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पछिल्लो समय जमराको जुस लोकप्रिय पनि छ। वैदिक ग्रन्थमा जौलाई रोग निको गर्ने, यज्ञयज्ञादिमा उपयोगी, शक्ति प्रदायक वस्तुका रूपमा लिइएको छ । यही जौको जमरालाई प्रसादको रुपमा प्रयोग गरिन्छ । हिन्दूहरुको महत्त्वपूर्ण पर्व बडादसैं र जमरा नेपाली मौलिक संस्कृति एवं परम्पराका पर्याय हुन् । घटस्थापनाको दिन छरेर उमारिएको जौं, गहुँ र मकैका पहेँला आँकुरा अर्थात् जमरालाई दसैंको टीकासँगै देवीको प्रसादको रुपमा लगाइन्छ । यसरी लगाइने जमराको आफ्नै धार्मिक तथा शास्त्रीय महत्त्व छ ।
विजया दशमीको पहिलो दिन, आश्विन शुक्लप्रतिपदामा पूजाकोठामा चोखो बालुवा अथवा माटोमा धार्मिक अनुष्ठान गरी शुभसाइतमा जौं, गहुँ र मकै बाक्लोगरी छरेर उमारिएको पहेँलो आँकुरा नै जमरा हो । दसैंबाहेक अन्य पर्व र पूजाअनुष्ठानमा भने जमरा राखिँदैन । जौं रोपिएको घडामा नवदुर्गाको आहृवान गरी १० दिनसम्म पूजा आराधना गरिन्छ । दसैंको दिन देवीको प्रसादका रूपमा टीकासँगै जमरा लगाउने परम्परा नेपाली हिन्दूहरुको मात्र हो ।
जमराको अचार, सलाद, तरकारी, सर्वतजस्ता विभिन्न परिकार बनाएर खान सकिन्छ । जौका जमरा सेवनले छालाको सौन्दर्य बृद्धि हुन्छ । जापानस्थित हाजिवारा इन्टिच्युट अफ हेल्थले गरेको जौका जमरा सम्बन्धी अध्ययनले शरीर बढ्ने, स्वास्थ रहने र तन्द्रुस्त राख्न जमरा सहयोगी खाद्य बस्तु हो, भन्ने पुष्टि भएको छ ।
क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयका एक जीवविज्ञले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगाए । यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ । जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ । दाँतको समस्या हँुदा मुख सुन्निने समस्या, विभिन्न छालासम्बन्धी रोग हुनबाट जौका जमराले जोगाउँछ । जौका जमरा स्टेरोइड नामक शक्तिबद्र्धक औषधि भन्दा राम्रो हुन्छ ।
जमरामा जुसमा पाउने पौष्टिक तत्व हुने तर, तीतो नुहुँने भएकोले प्रयोग जुसको रूपमा सकिन्छ । यसमा अर्गानिक र सोडियाम हुने भएकोले जलवियोजनको समस्या भएकाहरुलाई निकै फाइदा गर्छ । प्रत्येक एक ग्राम जौका जमरामा ७७५ मिलिग्राम अर्गानिक सोडियम हुन्छ । यसले रक्त प्रवाहमा हुने क्याल्सियामलाई रगतसँग घुलिएर वग्न मद्दत गर्छ । शरीरका जोर्नीहरुमा जम्मा हुने क्याल्सियामपन घोलिन मद्दत गरी नसाहरु सन्तुलित राख्छ ।
अमेरिकाको विज्ञान प्रविधि स्रोत अनुसन्धान संस्थाले गरेको अनुसन्धानअनुसार भिटामिन, खनिज, क्लोरोफिलको हुन्छ । यसमा गाईको दूधमा भन्दा ३० गुना बढी भिटामिन बि, तथा पालुङ्गोको भन्दा ३ दशमलव ३ गुना भिटामिन पाइन्छ । त्यस्तै ६ दशमलव ५ गुनावेसी क्यारोटिन, ५ गुना बढी आइरन पाइन्छ । त्यस्तै गाईको दूधमा भन्दा ११ गुना बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुना बढी भिटामिन पाइन्छ ।
News Desk 0 response आइतवार, अशोज २८, २०८०

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



