

-
बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । आफ्नै पार्टीका सांसद तथा मन्त्रिपरिषद्का सदस्यहरूबाटै लगातार दबाव आएपछि उनले पद छाड्ने घोषणा गरेका हुन्।
सन् २०२४ मा लेबर पार्टीलाई आमचुनावमा विजय गराउँदै प्रधानमन्त्री बनेका स्टार्मरलाई दुई वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए । उनले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको आरोप सांसदहरूले आउँदो आमचुनावमा निगेल फराजको पार्टीबाट चुनौती बढ्नसक्ने बताउँदै आएका थिए ।
लन्डनमा रहेको ‘डाउनिङ स्ट्रीट’ बाहिर सम्बोधन गरेका स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि उसलाई पूर्ण समर्थन दिने घोषणा गरेका छन् । उनले विगत ६ वर्षदेखि आफ्नो साथमा रहेका मित्र तथा सहकर्मीहरूका साथै ‘डाउनिङ स्ट्रीट’ का कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गरे ।
राजीनामा घोषणा गर्दैगर्दा परिवारको नाम लिने क्रममा स्टार्मर भावुक भएका थिए । ‘डाउनिङ स्ट्रीट’ भित्र फर्किनुअघि उनले श्रीमती भिक्टोरियालाई अङ्कमाल गरेका थिए ।
स्टार्मरले पदत्याग घोषणा गरेसँगै अब लेबर पार्टीभित्र नयाँ नेता छान्ने प्रतिस्पर्धा सुरू हुनेछ । मध्यावधि चुनावमा विजयी भएका एन्डी बर्नहमलाई पार्टीमा नयाँ नेताको प्रमुख दाबेदार मानिएको बीबीसीले जनाएको छ ।
संसदीय दलको नेतृत्व चयन प्रक्रिया वा सत्ता हस्तान्तरण पूरा नहुँदासम्म स्टार्मर नै बेलायतको प्रधानमन्त्री रहनेछन् ।
News Desk 0 response सोमवार, असार ८, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



