

-
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । अस्ति र हिजो वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए ।
यस्तै ८ लाख बालबालिकालाई बालभिटा खुवाइएको छ । देशैभरका ६ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा खुवाइएको थियो ।
आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण कम गर्ने र बालमृत्युदर घटाउने सरकारले बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाउने गरेको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा झन्डै ५० हजार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १५ हजार पालिकाका स्वास्थ्यकर्मी खटिएका थिए । सरकारले हरेक आर्थिक वर्षको कात्तिक र वैशाखमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि र जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालदेखि सञ्चालन गर्दै आइरहेको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ८, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
मध्यपूर्वमा तनाव थप चर्कियो
सोमवार, कार्तिक १०, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३


