

-
काठमाडौं : सरकारको पछिल्लो निर्णयअनुसार निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम गम्भीर सङ्कटमा धकेलिएको सङ्केत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको १२ गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो । सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमासम्बन्धी सेवा आकस्मिकबाहेक बन्द हुने उल्लेख छ ।
जेठ ११ गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौँ निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण, ओपीडी सेवा, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ । बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई १५ अर्ब भन्दा धेरै बक्यौता तिर्न बाँकी छ ।
निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बिमाबापतको भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए । तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राही मर्कामा परेका छन् । उनीहरूले निर्णय पुर्नबिचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गरेका छन् ।
स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को परिवर्तित दररेट पनि आजैदेखि लागू भएको छ । सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको उनले बताए ।
News Desk 0 response शनिबार, जेष्ठ १६, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३ -
शनिबारसम्म झरीको जोखिम, तीन प्रदेशमा रेड अलर्ट..
बुधबार, कार्तिक १२, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३


