

-
चिप्लेढुङ्गा । गण्डकी प्रदेश सरकार र पर्यटन व्यवसायीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आन्तरिक गृहकार्यलाई तीव्रता दिएका छन् । पर्यटकीय नगरी पोखरामा आन्तरिक एवं बाह्य पर्यटकलाई अझ आकर्षित गर्न यही पुस १६ गते विशेष कार्यक्रम आयोजना हुँदै छ ।
नेपाल भ्रमण वर्षलाई औपचारिकरूपमा स्वागत गर्न गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा १५ उपसमिति गठन गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय शहर भएकाले पनि भ्रमण वर्षको सन्देशलाई देश–विदेशसम्म पु¥याउन औपचारिक कार्यक्रमलाई भव्य बनाउने तयारी भएको मन्त्री लम्सालले जानकारी दिँदै भन्नुभयो “गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ पनि समाप्त हुँदैछ । हामीले समीक्षा गर्नेछौँ, नेपाल भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारको विशेष पहल हुनेछ ।”
उहाँले गण्डकीको संस्कृति, प्रकृति र साहसिक खेललाई अन्तरराष्ट्रिय जगत्मा पु¥याउन प्रचार–प्रसार साथै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको उल्लेख गर्नुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमखु काशीराज भण्डारीले सरकारको योजनालाई सफल बनाउन र गण्डकी प्रदेशको पर्यटनलाई अझै उचाइमा पु¥याउन भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रमले पनि महत्व राख्ने बताउनुभयो । हरेक वर्ष यहाँ आयोजना हुने सडक महोत्सवबाट भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पुगेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रबाट काम भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले गुणस्तरीय सेवामा जोड दिँदै पर्यटनमैत्री वातावरण सिर्जना गरेर सकारात्मक सन्देश प्रवाहमा जोड दिनेछौँ ।”
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतमा हुने सो कार्यक्रममा गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट सांस्कृतिक झाँकी प्रर्दशन गरिने कार्यक्रमका सहसंयोजक अग्नि कँडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले जनवरी १ मा सातै प्रदेशमा भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रम गर्दैछ । हामीले पनि यसलाई अझ भव्य र व्यवस्थित बनाउन १५ उपसमिति बनाएर आन्तरिक तयारीलाइ तीव्र पारेका छौँ ।”
औपचारिक कार्यक्रममा ११ जिल्लाको सांस्कृतिक झाँकी, कृषि उपज प्रदर्शनी, हस्तकलालगायतको प्रर्दशनी र विभिन्न सङ्घसंस्था, विद्यार्थी, उद्योगी, व्यापारीसहितको -याली निकालिने आयोजकले जनाएका छन् । सोही अवसरमा पोखरा फेवा किनारमा रहेको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने प्रयास हुने छ । रासस
News Desk 0 response बुधबार, पुस ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



