

-
काठमाडौँ । ललितकला प्रज्ञा प्रतिष्ठान र प्रिन्ट नेपालको आयोजनामा एकहप्ते कार्यशाला शुरु भएको छ । कार्यशालामा प्रिन्ट कलामा आधारित विभिन्न चित्र निर्माण गर्न लागिएको हो । विगत चार वर्षदेखि हरेक वर्ष कार्यशाला गर्दै आएको संस्थाका अध्यक्ष उषाशङ्कर शाहले बताउनुभयो ।
“यो विज्ञानमा आधारित कला हो”, उहाँले भन्नुभयो, “चित्र मेटलपातामा, कपर जिङ्क, व्रास आइरन, ढुङ्गाको पातामा निर्माण गरिन्छ ।” उहाँले सुनको पाताबाट चित्र निर्माण गर्न शुरु गरिए पनि पछि विभिन्न प्रविधिको विकास भएको बताउनुभयो । चित्र यर्चिङ प्रेस, उड प्रेस, लिथो प्रेसमार्फत प्रकाशित गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यशालमा ४४ ले भाग लिएका छन् । एक सातासम्म निर्माण गरिएका चित्र समापनका दिन प्रदर्शनमा राखिनेछ । “अहिले प्रिन्टकलामा स्नातक र स्नातकोत्तरसम्मको अध्ययन गर्न पाइन्छ”, उहाँले भन्नुभयो, “यो पेशाप्रति आकर्षण बढेको देख्दा खुशी लाग्न थालेको छ ।” कलाकारले मानवजीवन, प्रकृति र देवीदेवतासँग सम्बन्धित चित्र तयार पार्दैछन् ।
“प्रिन्टिङ कलाको इतिहास ६० वर्षभन्दा लामो छ, उर्मिला उपाध्यायले फ्रान्समा गई यो विधाको अध्ययन गरेर आएपछि शुरु भएको हो, बीचमा केही समय यो कलाको प्रयोग गर्ने क्रम घट्दै गयो”, उहाँले भन्नुभयो, “विसं २०५३ बाट त्रिभुवन विश्वविद्यालयले यो विधामा पठनपाठन शुरु गरेपछि महत्व बढ्न थालको हो ।” संस्थाका सदस्यचिव भिसनराज भण्डारीले प्रिन्टिङकलाको बजार पनि राम्रो रहेको बताउनुभयो । रासस
News Desk 0 response शनिबार, पुस ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३



