

-
स्याङ्जा । बसाइँसराइले गाउँ रित्तिन थालेपछि स्याङ्जाका युवाले ‘गाउँ बसौँ, गाउँ फर्कौं’ अभियान थालनी गरेका छन् ।
गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगार, खानेपानी, सडक लगायतको असुविधाका कारण बसाइँसराइ बढ्न थालेपछि गाउँघर शून्य बन्न थालेको थियो । गल्याङ नगरपालिका–९, गेझाका युवाले स्वरोजगार सिर्जना गरेर सबैको आर्थिक स्थितिमा सुधार गर्ने र गाउँलेलाई गाउँमै अड्याउन सामूहिक गाईपालन गरेका छन् ।
चार जना युवा कुसुम भण्डारी, विष्णु भण्डारी, तारा भण्डारी र प्रेम भण्डारीको सक्रियतामा सञ्चालित मुरी एग्रो गाई फार्म प्रालि, म्युजिकल होमस्टे, सङ्गीत समूह एवं पाठशाला, युवा जागरण कृषि सहकारी, कालिका भगवती मन्दिर पर्यटकीय योजना, साना तथा मझौला व्यवसायबाट धेरै जना स्वरोजगार बनेका छन् ।
गाईपालनमा लागेका युवाले धेरैभन्दा धेरै युवालाई जन्मथलोमा स्वरोजगार बन्न प्रेरणा दिने, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्यका लागि सरोकारवाला निकायसँग पहल गर्दै आएका छन् । यहाँका युवाको सल्लाहअनुसार गाउँमा खाली बसेका गाईपालन, बाख्रापालन, तरकारी खेतीलगायतका उद्यममा जोडिएर अर्थोपार्जन गरिरहेका छन् ।
अढाई वर्ष पहिले सञ्चालित मुरली एग्रो फर्म प्रालि उदाहरणीय भएपछि अध्ययन अवलोकनको थलो बनेको छ । चार युवाले ३० लाख रुपैयाँको लगानी गरेर १३ गाईबाट व्यवसाय सुरु गरेका थिए । अहिले फार्ममा होलिस्टन र जर्सी क्रस जातका २८ गाई छन् ।
दुहुँना पाँच, ब्याउनी ११, उन्नत साँढे एक, सानो साँढे एक बाँकी बाच्छाबाच्छी र साँढे नलगाएका गाई छन् । मुरली एग्रो फार्मका सञ्चालक कुसुम भण्डारीले हिउँद बर्खा, ७० देखि एक सय ५० लिटरसम्म दैनिक दूध उत्पादन हुने बताए । उनले मासिक डेढ लाखदेखि तीन लाख रुपैयाँको दूध बिक्री हुने गरेको बताए।
गेझा कालिका भगवती मन्दिर निर्माण समितिका अध्यक्षसमेत रहेका कुसुमले भौगोलिक विकटता र अनुभवको कमीले सुरुआती चरणमा समस्या झेल्नुपरे पनि पछिल्लो समय सहज हुँदै गएको बताए ।
अर्का सञ्चालक विष्णुले बसाइँसराइका कारण गाउँ रित्तिन थालेपछि युवाको सक्रियतामा गाईपालन, घरबास, सङ्गीत पाठशाला, कृषि सहकारीलगायतका कार्यक्रम सञ्चालन गरेको बताए ।
‘गाउँ बसौँ, गाउँ फर्कौं कार्यक्रमअन्तर्गत बसाइँ सरेर गएकालाई गाउँ फर्काउने अभियानसहित गाईपालन सुरु गरेका हौँ’, उनले भने, ‘गाउँमा भएका प्रत्येक युवालाई कुनै न कुनै उद्यममा जोडिन प्रेरणा दिएका छौँ, फलस्वरुप गाउँमा उद्यम गर्नेहरु बढ्न थालेका छन् ।’
घरबासमार्फत् बाहिरका मान्छेलाई गाउँमा भित्र्याउने गरेको उनले भने। विष्णुले भने, ‘आएका पाहुनालाई सङ्गीतले स्वागत गर्दै दूधका परिकार, स्थानीयस्तरका जैविक खाना खुवाउने गरेका छौँ ।’
अहिले फार्म अवलोकनसहित घरबासमा बस्न आउनेको सङ्ख्या बढ्दो छ । यहाँ गाई फार्मको अवलोकन, गेझा कालिका भगवती मन्दिरको दर्शन, सङ्गीतमा रम्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ‘बसाइँसराइको क्रम डरलाग्दो थियो’, उहाँले भन्नुभयो, ‘युवा जागरणपछि गाउँमा आर्थिकउपार्जन गर्ने बढेका छन्, दुई अढाई वर्ष भयो बसाइँसराइ रोकिएको छ ।’
नगरपालिकाका पशुसेवा शाखा प्रमुख सुशील अर्यालले नगरपालिकाले एग्रो फार्मका पशुलाई निःशुल्क बीमा, दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान, ब्याजमा चार प्रतिशत अनुदान, साइजेलमा अनुदान, उन्नत जातको साँढे, गड्याैँला मल बनाउने तालिम, घाँसको बीउ, बेर्ना, उपचारलगायतका सहयोग गरेको बताए ।
फार्मले जागरण कृषि सहकारी संस्था लिमिटेडमार्फत् गाई पकेट कार्यक्रमअन्तर्गत करिब २५ लाख रुपैयाँ अनुदान लिएको अर्यालको भनाइ छ । उनले अघिल्लो वर्ष दूध चिस्याउन, कुराउनी, खुवा बनाउने मेसिन सहयोग गरेकोसमेत अर्याल बताए ।
नगरका मेयर गुरुप्रसाद भट्टराईले अमेरिकाबाट प्राविधिक तथा प्रशिक्षक ल्याएर कृषकलाई तालिम, पशुको स्वास्थ्य परीक्षणलगायतका काम नगरपालिकाले गरिरहेको बताए। उनले नमुना कृषकलाई हौसला दिन गोठगोठमै पुगेर अनुगमन गर्ने, गुनासो टिपोट गर्ने र सल्लाह दिने गरिएको जनाए । कृषकले ५० प्रतिशत नभएर शतप्रतिशत अनुदानको व्यवस्था गरिदिन सरोकारवालासँग आग्रह गरेका छन् ।
News Desk 0 response शनिबार, असार ९, २०८०

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



