

-
मुस्ताङ । रसुवा नाकामा आएको ठूलो बाढी र तातोपानी नाकामा देखिएको समस्याका कारण उत्तरी नाकाबाट हुने व्यापारिक कारोबार प्रभावित भएपछि मुस्ताङको कोरोला नाकामा कामको चाप बढ्न थालेको छ।
रसुवा र तातोपानी नाकाबाट कारोबार गर्ने व्यवसायी तथा ढुवानीसँग सम्बन्धित पक्षहरू वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरोला नाकातर्फ केन्द्रित हुन थालेका छन्। तातोपानी नाकामा अझै केही दिन समस्या रहने चिनियाँ पक्षले जानकारी गराएपछि त्यसको प्रभाव कोरोला नाकामा समेत पर्न थालेको भन्सार स्रोतले जनाएको छ।
कोरोला नाकामा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेको र कारोबार बढ्दै गएपछि जनशक्ति अभाव देखिन थालेको स्रोतको भनाइ छ। व्यापारिक गतिविधि बढेसँगै सुरक्षाको दृष्टिले समेत थप जनशक्ति आवश्यक देखिएको छ।
“कामको चाप बढ्न थालेको छ। अहिले यहाँ १० जना कर्मचारी मात्रै कार्यरत छन्। थप जनशक्ति आवश्यक छ भन्ने जानकारी हामीले माथिल्लो निकायमा गराइसकेका छौँ। अब माथिबाट केही निर्णय हुन्छ होला,” कोरोला भन्सार स्रोतले भन्यो।
भन्सार स्रोतका अनुसार कोरोला नाकामा सुब्बा र अधिकृत तहका थप कर्मचारी आवश्यक छन्। कारोबार बढ्दै जाँदा भन्सार प्रशासनलाई प्रभावकारी बनाउन तथा सुरक्षा व्यवस्थापन मजबुत बनाउन थप जनशक्ति पठाउने तयारी भइरहेको छ।
रसुवा र तातोपानी नाकाबाट आयात हुने सामानसमेत कोरोला नाकातर्फ मोडिन थालेपछि आगामी दिनमा यहाँको कारोबार अझ बढ्न सक्ने व्यवसायीहरू बताउँछन्। वैकल्पिक नाकाका रूपमा कोरोला प्रयोग हुन थालेसँगै यस क्षेत्रमा व्यापारिक गतिविधि र लगानीसमेत बढ्ने व्यवसायीहरूको अपेक्षा छ।
यसैबीच, लगातारका प्राकृतिक विपत्ति र सीमावर्ती नाकामा देखिएका अवरोधका कारण नेपालको चीनसँगको व्यापारमा वैकल्पिक नाकाको व्यवस्थापन र पूर्वाधार विस्तारको आवश्यकता थप स्पष्ट भएको छ।
News Desk 0 response बिहिबार, भदौ १८, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



