

-
काठमाडौं : रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्ता हुनेका आफन्तहरूले कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्न थालेका छन् । बुधबार पशुपति आर्यघाटमा आफन्तहरूले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका हुन् ।
पशुपति विकास कोषअन्तर्गत आर्यघाटमा दाउरा व्यवस्थापनमा खटिएका कर्मचारी बुद्ध तामाङले आफन्तहरूले बुधबार बिहानैदेखि कुशका शव बनाएर सामूहिक अन्त्येष्टि गरेका जानकारी दिए । कुशको प्रतिमा बनाएर निःशुल्क अन्येष्टिको व्यवस्था गरिएको उनले बताए ।
‘बेपत्ताका आफन्तहरूले आज बिहानैबाट परम्पराअनुसार कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्न आउनुभएको छ, उनले भने, ‘एकजना व्यक्तिदेखि र समूहकै पनि दाहासंस्कार हुनसक्ने भएकाले के कति भनेर संख्या गन्न सम्भव हुने कुरा भएन ।’
आर्यघाटमा बिहानैबाट भिडभाड रहेको उनले बताए । कतिपयले बेपत्ताको फोटोजस्तो बनाएर श्रद्धाञ्जली दिने गरेको पनि उनले बताए । त्यस्तै, पशुपतिस्थित क्रियापुत्री घरसमेत भरिएको छ ।
News Desk 0 response बुधबार, भदौ १७, २०८३

सम्बन्धित शीर्षकहरु
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



