

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ । यदि कुनै पनि किसिमको नियम उल्लङ्घन गरेको पाइएमा तत्काल भिसा खारेज गरेर देश निकाला गर्ने तयारी भएको समाचारसंस्था एपीले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सबै किसिमका भिसा लिएर बसेकालाई निरन्तर अनुगमन गर्ने व्यवस्था लागू गरिएको छ । तोकिएको समयभन्दा बढी बस्ने, कानून उल्लङ्घन गर्ने, सार्वजनिक सुरक्षामा खतरा पुर्याउने वा आतङ्कवादी गतिविधिमा संलग्न हुनेहरूलाई तत्काल कारबाही गर्ने भनिएको छ ।
मन्त्रालयले अहिलेसम्म विद्यार्थी भिसा सबैभन्दा बढी खारेज भएको जनाएको छ । पछिल्लो वर्षको तुलनामा यस वर्ष विद्यार्थी भिसा खारेज हुने सङ्ख्या चार गुणा बढी भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विदेशीको बढ्दो सङ्ख्याले अमेरिकी रोजगारीमा असर पारेको टिप्पणी गरेका छन् ।
भिसा पाएकाहरुको सामाजिक सञ्जाल, गृहदेशका आप्रवासन तथा कानूनी अभिलेख र अमेरिकामा भएका गतिविधिसम्मको परीक्षण गरिने मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका अनुसार ट्रम्प फेरि राष्ट्रपति बने यता छ हजारभन्दा बढी विद्यार्थी भिसा खारेज गरिएको छ । तीमध्ये झन्डै चार हजार कानून उल्लङ्घनका कारण र झन्डै तीन सय आतङ्कवादी गतिविधिमा संलग्न भएको कारण खारेज गरिएको खबरमा उल्लेख छ ।
News Desk 0 response शुक्रबार, भदौ ६, २०८२

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



