

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ । यदि कुनै पनि किसिमको नियम उल्लङ्घन गरेको पाइएमा तत्काल भिसा खारेज गरेर देश निकाला गर्ने तयारी भएको समाचारसंस्था एपीले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सबै किसिमका भिसा लिएर बसेकालाई निरन्तर अनुगमन गर्ने व्यवस्था लागू गरिएको छ । तोकिएको समयभन्दा बढी बस्ने, कानून उल्लङ्घन गर्ने, सार्वजनिक सुरक्षामा खतरा पुर्याउने वा आतङ्कवादी गतिविधिमा संलग्न हुनेहरूलाई तत्काल कारबाही गर्ने भनिएको छ ।
मन्त्रालयले अहिलेसम्म विद्यार्थी भिसा सबैभन्दा बढी खारेज भएको जनाएको छ । पछिल्लो वर्षको तुलनामा यस वर्ष विद्यार्थी भिसा खारेज हुने सङ्ख्या चार गुणा बढी भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विदेशीको बढ्दो सङ्ख्याले अमेरिकी रोजगारीमा असर पारेको टिप्पणी गरेका छन् ।
भिसा पाएकाहरुको सामाजिक सञ्जाल, गृहदेशका आप्रवासन तथा कानूनी अभिलेख र अमेरिकामा भएका गतिविधिसम्मको परीक्षण गरिने मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका अनुसार ट्रम्प फेरि राष्ट्रपति बने यता छ हजारभन्दा बढी विद्यार्थी भिसा खारेज गरिएको छ । तीमध्ये झन्डै चार हजार कानून उल्लङ्घनका कारण र झन्डै तीन सय आतङ्कवादी गतिविधिमा संलग्न भएको कारण खारेज गरिएको खबरमा उल्लेख छ ।
News Desk 0 response शुक्रबार, भदौ ६, २०८२

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


