

-
आजकाल सहिदकाे परिभाषा बदलिएकाे छ । हिजाेआज जाे पनि सहिद, राष्ट्रका लागि शून्य याेगदान भएका पनि सहिद, अझ आदर्श मानव, महामानव, केके हाे केके हाे ? भुलवश, कारणवश देशकाे सान, पहिचान गराउनेहरू छायामै छन् । तिनका कर्मलाई लुकाइएकाे छ ।
सानातिना कुरामा विवाद भए पनि राष्ट्रलाई दाेष दिने परिपाटी छ । पक्षविपक्षबिचकाे व्यक्तिगत, पार्टीगत स्वार्थ राजनीतिका लागि वादविवाद र खिचातानी छ ।
राष्ट्रवाद जनवाद न त अहिलेकाे सरकारमा छ न त शासन सत्ता हडपेर बिसाैँ तिसाैँ वर्ष रजगज चलाएका विपक्षी दलहरूमा छ । न त विस्थापित शाहवंशीय राजसंस्था र उसप्रति लालयित न कुनै दल न समर्थकहरूमा नै छ, केवल यहाँ आफ्नाे हुँदाे स्वार्थभन्दा अर्काे कुरा भएजस्तो लाग्दैन । यिनै स्वार्थीहरूका बेलाबेलामा हुने राज्यसत्ता हत्याउने, व्यक्तिगत, दलगत मनाेमानी सीमित स्वार्थका कारण कुकुर, ढुकुर, परेवा, कुखुराका चल्ला जे मरे पनि, गाेरु भीरबाट लडेर मरे पनि, भेडाबाख्रा खाेलाले बगाए पनि राज्यकाे सहिद, अझ महान् सहिद, अमर सहिद भनेर लुटपाट मच्चाउनमै उद्धत छन् ।
उसाे भए कसलाई भन्ने त सहिद ?
नेपालमा भूगाेल र व्यवस्थाका लागि लडेर मर्ने दुई प्रकारका सहिद देखिन्छन् । व्यवस्था पनि दुई प्रकारका छन्, ती हुन् : (क) आन्तरिक मनमुटावबाट जन्मने र (ख) बाह्य हस्तक्षेपबाट जबरजस्ती लादिने ।
१. सीमाका लागि बलिदान दिने सहिद : वीर सहिद हाे । अङ्ग्रेजसँग या परत्र साम्राज्यविरुद्ध लड्ने, परकाे देशसँग स्वदेशसम्बन्धी तर्कवितर्कमा सहादत प्राप्त गर्ने, चीन, तिब्बत, भारतसँगका सीमा विवादका कारण या राज्यविषयक अन्य ओैपचारिक युद्धमा बलिदान दिनेहरू आदि वीर सहिद हुन् । तिनीहरू राष्ट्रका लागि भूमिका सपूत हुन् । भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भीम मल्ललगायतका सयाैँ वीर याेद्धाहरू वास्तविक वीर सहिद हुन्, सिमानाकाे राष्ट्रिय अस्तित्व रहेसम्म ती अमर सहिद बनेर रहने छन् । यस वर्गका सहिदहरू सर्वमान्य हुन्छन् ।
२. व्यवस्था परिवर्तनका लागि बलिदान दिने सहिद : सैद्धान्तिक/वैचारिक सहिद हुन् । यस वर्गका सहिदहरू सर्वमान्य हुन्नन् । एउटा व्यवस्थाका लागि मात्र हुन् । अर्काे व्यवस्था आएपछि या अगाडिकै व्यवस्था फर्किएमा ती तत् समयका लागि सहिद देखिन्नन् या सर्वमान्य हुन्नन् । सत्तापक्षद्वारा विद्राेही, आतङ्ककारीका रूपमा परिभाषित हुन्छन् । जस्ताे :
(क) लखन थापा निरङ्कुशविरुद्धका वैचारिक या राणाविराेधी सहिद हुन् । राणाहरूका लागि उनी सहिद थिएनन् ।
(ख) दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ राणा शासनबाहेक राजसंस्थाको हितउपर प्रजातान्त्रिक व्यवस्थाका सहिद हुन् । उनीहरू २००७ सालअगिकाे राज्य सत्ताका लागि सहिद थिएनन्, देशद्राेही, विद्राेही, सत्ताद्राेही, व्यवस्थाविराेधी नै हुन् । उनीहरू ००७ पछिकाे राजसंस्था र त्रिभुवनले भारतबाट ल्याएका प्रजातन्त्र र राजसंस्था छउन्जेलका राजकीय प्रजातान्त्रिककालका सहिद हुन् ।
(ग) पञ्चायत व्यवस्था हटाएर बहुदलीय व्यवस्थाका लागि बलिदानी दिने सहिद : वैचारिक/दलीय स्वातान्त्रिक सहिद हुन् । ०१७-०४६ सम्ममा व्यवस्था बचाउन या हटाउन मरेका, मारिएका सबै तत् प्रकरणका सहिद हुन् । पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थाबिचकाे वादविवादका कारण यी सहिदहरू पनि सर्वमान्य सहिद बन्न सकेका छैनन् ।
(घ) ०४६ पछि अर्थात ०५२ बाट वर्गीय नारासहित सुरु भएकाे व्यवस्था/सत्तासम्बन्धी भएकाे गृहयुद्ध/जनयुद्धमा बलिदान दिने सहिद : सैद्धान्तिक/गणतान्त्रिक सहिद हुन् । तत्कालीन युद्धमा मरेका, मारिएका सहिदहरू गणतन्त्र मान्नेका लागि मात्र सहिद हुन् । विपक्षीहरू सहिद मान्न तयार छैनन् । अझ याे काल दल दलकाे खिचातानी भएकाले गणतन्त्र भनेकाे माओवादीकाे हाे हाम्राे हाेइन भन्ने जस्ताे मनसाय अन्य दलहरूकाे रहेकाे थियाे र ०६२-६३ काे संयुक्त जनआन्दोलनपश्चात् गणतन्त्र स्विकार्य छ भनी तत्कालीन मुख्य तीन दलले सहमति जनाएपछि जनयुद्धकालका सबै मृतकहरूकाे नाम गजेटमा सहिद भनेर प्रकाशित भएकाे थियाे । ती गणतान्त्रिक सहिद हुन् ।
(ङ) ०८२ साल भदाै महिनामा राज्यद्वारा मारिएका सहिद : रास्वपा दलका लागि समर्पित सहिद हुन् । सत्ताधारी एमाले काङ्ग्रेस आफैले मारेकाले तिनीहरू उनीहरूका सहिद हाेइनन् रास्वपा पार्टीले खटाएका आन्दोलनकारी हुन् । उनीहरू हालकाे सरकारका लागि मरिदिएका हुन् या अहिले सरकारमा पुग्नेहरूले मेसाे मिलाएर मराएका हुन् । यिनीहरू देश जित्ने लडाइँमा लडेर वीरगति पाएका हाेइनन् । यसमा बाह्य कलह थिएन, केवल आन्तरिक हिसाबकिताब नमिलेकाे मुद्दा मात्र हाे । एउटा प्रधानमन्त्रीलाई हटाएर अर्काे प्रधानमन्त्री बनाउनाका लागि मरिदिएका हुन् । देशकाे सीमा रक्षाका लागि, सैद्धान्तिक हिसाबले पनि बाह्य विचारका विरुद्ध लडेर सहादत प्राप्त गरेका हैनन् ।
सहिद दिवसकाे प्रसङ्ग
अहिले विभिन्न पार्टीपक्ष, विचारपक्षका सहिद दिवसहरू मनाइन थालेका छन् । माघ १६ गते मनाइने गरेकाे एउटै सहिद दिवसलाई आधिकारिकता दिए भइहाल्थ्याे । यहाँका सबैजसाे दलहरूमा मानसिक हारकाे हाेडबाजी छ अझ विचार पतनकाे अस्वस्थ प्रतिस्पर्धा छ । जितकाे लागि स्वच्छ प्रतिस्पर्धा देखिन्न । एउटाले फागुन १ गतेलाई जनदिवस भन्याे, देखासिखी अर्काेले भदाै २३ लाई जेन्जी दिवस भन्याे । आखिर दुवैका बाटाे भनेकाे माघ १६ कै लक्ष्यमा पुग्ने हाे । कति दिन मनाउने हाे दलदलका सहिद दिवसहरू ? हाेला, माघ १६ पुरानाले मान्दै आएकाे परम्परा हाे तर अहिले “पुराना खत्तम” भन्ने भाष्य खडा गरिएकाे छ ।
एउटाले जेन्जी सहिद दिवस भनेर सुरु गरेपछि अर्काेले युवा सहिद दिवस भनेर सुरु गर्ला, बुढापाका मारिएका पनि थुप्रै छन् । वृद्ध सहिद दिवस पनि चाहियाे । हरेक वर्गमा लिङ्ग छ जसमा महिला र पुरुष छुटाउँदा साविकमा दाेब्बर सङ्ख्या हुने नै भयाे । फेरि जातीयताकाे धङधङी पनि छ । फलानाे र तिलानाे जातका सहिद दिवस भनेर आवाज थपिने भयाे । यसरी एकतालाई अनेकतातिर लैजान दुरुत्साह गर्नु गराउन हुँदैन ।
–चन्द्रप्रसाद न्याैपाने
News Desk 0 response मङ्लबार, भदौ २३, २०८३

सम्बन्धित शीर्षकहरु
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



