

-
चीनले दुर्लभ खनिज अमेरिका निर्यात गर्न लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । आजदेखि नै लागू हुनेगरी चीनले दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध हटाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ ।
चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति निकलेर त्यस्ता प्रतिबन्ध आजैदेखि फुकुवा गरिएको र सन् २०२६ को नोभेम्बरसम्म लागू हुने जानकारी दिएको छ । आजदेखि फुकुवा भएका ग्यालियम, जर्मेनियम, एन्टिमोनी निर्यातमा चीनले सन् २०२४ सालदेखि प्रतिबन्ध लगाएको थियो ।
गएको अक्टोबर ९ मा लागू गरेको दुर्लभ पृथ्वी खनिज तथा लिथियम ब्याट्री सामग्रीमा लगाइएको अतिरिक्त नियन्त्रणहरू भने चीनले अस्ति शुक्रवार नै स्थगित गरेको थियो ।
अमेरिकी सैन्य प्रयोगकर्ताहरू वा सैन्य प्रयोजनका लागि दोहोरो प्रयोग हुने वस्तुहरूको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने पहिलो खण्ड भने यथावत् रहनेछ ।
चीनको यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भएको व्यापार युद्धविराम सम्झौतापछि आएको हो । सम्झौतामा चीनले एक वर्षका लागि अमेरिकातर्फ दुर्लभ खनिजहरूको निर्यात खुकुलो बनाउने र अमेरिकाबाट कृषि उत्पादन तथा आधुनिक चिप्स आयात गर्न दिने भनिएको थियो ।
अमेरिकाले पनि चीनमाथि लगाउँदै आएको भन्सार दर १० प्रतिशतले घटाउने घोषणा गरिसकेको छ । यस्तै अमेरिकाले चीनको समुद्री तथा जहाज निर्माण क्षेत्रमा सञ्चालन भइरहेका अनुसन्धानहरू अस्थायी रूपमा निलम्बन गर्ने निर्णय पनि गरेको छ ।
News Desk 0 response आइतवार, कार्तिक २४, २०८२

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


