• काठमाडौँ । रसुवामा आएको बाढीका कारण चीनतर्फ फसेका १ सय १४ जना नेपाली नागरिक आज केरुङबाट तातोपानी नाका हुँदै नेपाल फर्किने भएका छन्।

    चिनियाँ पक्षले दिएको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा फसेका नेपालीमध्ये चीनतर्फ सुरक्षित अवस्थामा रहेका उनीहरूलाई राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाका हुँदै नेपाल पठाउन लागिएको हो।

    रसुवाको सीमा क्षेत्रमा बाढी र पहिरोका कारण ठूलो क्षति भएको छ भने केही नेपाली अझै सम्पर्कविहीन रहेको बताइएको छ। चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको हो।

    उनीहरू आजै केरुङबाट तातोपानीतर्फ प्रस्थान गर्ने र तातोपानी नाका हुँदै नेपाल प्रवेश गर्ने तयारी रहेको चिनियाँ पक्षले जानकारी दिएको छ।