

-
काडमाडौँ । कला, संस्कृति, इतिहास, सम्पदा संरक्षण तथा खेलकूदलगायत क्षेत्रको उन्नयमा अतुलनीय योगदान दिएवापत संरक्षणविद् रवीन्द्र पुरी ‘बेबिलोन स्रष्टा सम्मान २०७६’बाट सम्मानित हुनुभएको हो ।
उपसभामुख डा शिवमाया तुम्बाहाङफेले बेबिलोन नेशनल विद्यालय शान्तिनगरको २४आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँलाई रु १५ हजार ५५५ नगदसहित सम्मान गर्नुभयो । यसअघि सो सम्मानबाट राष्ट्रगानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) र शताव्दीपुरुष सत्यमोहन जोशी सम्मानित भइसक्नुभएको छ ।
संरक्षणविद् पुरी काठमाडौँ उपत्यकाका प्राचीन तथा ऐतिहासिक सम्पदा संरक्षण, सामुदायिक विद्यालय निर्माण तथा जीर्णाेद्वारमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले भक्तपुर नगरपालिका वडा नं ३ दत्तात्रयस्थित एवटा घरलाई परम्परागत शैलीमा पुनःनिर्माण गरी ‘नमूना घर’ बनाउनुभएको थियो । सो घरले संयुक्त राष्ट्रसङ्घीय शिक्षा, विज्ञान तथा सांस्कृतिक सङ्गठन (युनेस्को)बाट सन् २००४ मा युनेस्को एशिया प्यासिफिक कल्चर हेरिटेज अवार्ड जित्न सफल भएका थियो ।
कानून, इतिहास, चित्रकला र व्यवस्थापन गरी एकैपटक चार विषयमा स्नातक उत्तीर्ण गरी जर्मनीको ब्रेमेन विश्वविद्यालयबाट विकास नीतिमा स्नातकोत्तरमा विश्वविद्यालय प्रथम भएका पुरी, रवीन्द्र पुरी फाउण्डेशनका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । सो अवसरमा विद्यालयका प्राचार्य राजु राईले विद्यालयका गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३ -
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले..
आइतवार, जेष्ठ १०, २०८३ -
इरानविरुद्ध नयाँ सैन्य आक्रमणको गर्ने तयारीमा ट्रम्प
शनिबार, जेष्ठ ९, २०८३
-
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३ -
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले..
आइतवार, जेष्ठ १०, २०८३ -
इरानविरुद्ध नयाँ सैन्य आक्रमणको गर्ने तयारीमा ट्रम्प
शनिबार, जेष्ठ ९, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३
-
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
लगातार ३ दिन घटेको शेयर बजार साताको..
शुक्रबार, जेष्ठ १, २०८३ -
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३



