

-
कास्की । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित हुुनुभएको छ । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित हुनुभएको हो । आइतबार राति सम्पन्न मतगणनामा बिजीले ५८४ मत पाउँदा खत्रीले ५४५ मत ल्याउनुभयो । कोषाध्यक्षमा राजु ढकालले ७३७ मत ल्याएर विजयी हनुभयो भने तारापती सुवेदीले ३७२ मत पाउनुभएको थियो । सहकोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले, खुला सचिवमा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कल शर्मा विजयी हुुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितीय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी, उपमहासचिवमा शङ्कर विसी र शिव हमाल, साङ्गठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध चयन हुनुभएको छ । केन्द्रीय सदस्य महिलातर्फ सम्झना लामिछाने मगर, जानकी तरामी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुङ्गेली मगर, सरला पाण्डे र सीता राना निर्वाचित हुुनभएको महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पिएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर निर्वाचित हुनुभयो । केन्द्रीय सदस्यमा गण्डकीतर्फ तारानाथ आचार्य तथा सुदूरपश्चिमतर्फ नवीन धामी विजयी हुनुभयो । केन्द्रीय सदस्य विदेश शाखामा रामकृष्ण बम मल्ल र दुर्गा पङ्गेनी विजयी हुनुभयो । महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । रासस
News Desk 0 response सोमवार, मंसिर ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३



