

-
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । अमेरिकी सहयोग एमसीसी सम्झौता संसदबाट पारित गर्ने विषयमा दलहरूबीच विवाद भइरहेका बेला प्रधानमन्त्री देउवा सहमति जुटाउनका लागि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बाल्कोट पुगेका हुन् ।
देउवासँगै सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्तासमेत रहनुभएका ज्ञानेन्द्र कार्की पनि बालकोट पुगका छन् ।
प्रधानमन्त्री देउवा बालकोट जानुअघि बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरे । एमालेले एमसीसीबारे नकारात्मक टिप्पणी गरेको छैन । तर एमसीसी छलफलका लागि आफूहरूलाई संसदमा छलफलको वातावारण बनाउनुपर्ने माग गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले उन्मुक्ति दिएको भन्दै एमालेले लामो समयदेखि संसदमा अवरोध गर्दै आएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन १३, २०७८

सम्बन्धित शीर्षकहरु
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३


