• काठमाडौं : यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाडीलाई देशभर यात्रु लिएर जान मिल्ने गरीरुट परमिट खुला गरेको छ ।

    आज घटस्थापनादेखि आउँदो कात्तिक १० गतेसम्म रुट परमिट खुला गर्ने निर्णयअनुसार आजदेखि रुट परमिट खुला भएको हो । यसअनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन् ।

    दशैँका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ । त्यस्तै काठमाडौं उपत्यकाका विभिन्न १५ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    नयाँ बसपार्क, बल्खु चोक, फर्पिङ, कलंकी, नागढुंगा, हलचोक, चाबहिल, कोटेश्वर, भीमढुंगा चेकपोस्ट, तीनपिप्ले, टोखा, साँखु बसपार्क, नाङ्लेभारे चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्टमा यात्रु सहायता कक्ष खोलिएका छन् ।