भोटेकोशी गाउँपालिकामा पर्यटन प्रवद्र्धनको आधार तयार गरिएको छ । गाउँपालिकाका पर्यटीकय क्षेत्रलाई विकास र बिस्तार गर्न वनाईएको योजना धमाधम सार्थक हुन थालेको छ । सिन्धुपाल्चोक जिल्लामा नै धेरै पर्यटकीय स्थल रहेको यो पालिकामा धार्मिक ऐतिहासिक एवम् पर्यटकीय स्थल धेरै रहेका छन् । यस्ता सम्पदाको विकासका लागि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले वनाएको योजना सार्थक हुन थालेको स्थानीय युवाहरु बताउँछन् ।
यहाँका पर्यटीकय विकासका लागि युवा लक्षित योजनाहरु निर्माण गरिएको अध्यक्ष राजकुमार पौडेलको भनाई छ । धार्मिक स्थलको रुपमा धेरै चर्चा कमाएको भैरवकुण्ड तथा लिस्ती मन्दिरदेखि नयाँ पुलमा रहेको बञ्जिजम्पलाई जोडेर पैदलमार्ग तयार गर्नका लागि वनाईएको योजना सफल हुन लागेको अध्यक्ष पौडेलको भनाई छ । यो मार्ग निर्माणका लागि केन्द्रीय सरकारले भोटेकोशी गाउँपालिकोको अनुरोधमा १२ करोडको योजना स्विकृत भएको कारण पनि पर्यटकीय विकासमा धेरै सहयोग पुग्ने अध्यक्ष पौडेलले बताए ।
यो मार्गको विकासपछि स्वदेशी एवम् बिदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने स्थानीय हिरा प्रधानको भनाई छ । साथै गाउँपालिको अर्को धार्मिकस्थल देउढुंगाको विकासका लागि पनि गाउँपालिका कोष बाट दश लाख रुपैयाँ प्रदान गरिएको छ । युवालाई पर्यटन विकासमा संलग्न गराउने उदेश्यले युवा परिचालन गरेर धार्मिक एवम् पर्यटकीय स्थलको विकासको अवधारणा अघि सारिएको अध्यक्ष पौडेलको तर्क छ ।