

भारतले यो रुटमा आफ्नै रेल सञ्चालन गर्ने सोच गरेको थियो, तर नेपाली झण्डा अंकित रेल ल्याईयो
गुरु भट्टराई ,महाप्रबन्धक नेपाल रेल्वे कम्पनी लिमिटेड
-
नेपालको स्वामित्वमा नयाँ चिटिक्क परेको रेल देशमा आईपुगेको छ । पहिलेको जीर्ण रेलमा नेपाली झण्डा अंकित थिएन । अहिले नेपाली झण्डा अंकित भएको रेल नेपाली भूमिमा आईपुगेको छ । प्रधानमन्त्री केपी ओलीको रेल सपना साकार भएको सरकारी दावी छ । केहीले यसलाई आलोचना पनि गरेका छन् । यस बिषयमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईको अनुभव र अनुभूति जनप्रशासन पाक्षिकले प्रस्तुत गरेको थियो । सोही अनुभूति यहाँ प्रस्तुत गरिएको छ ।
News Desk 0 response सोमवार, अशोज १९, २०७७
कुरै नबुझेर बिरोध
केही बिज्ञहरुले तथ्य नै नबुझी अन्दाजका भरमा नेपाली जनताको बुद्दी भुट्ने र नागरिकलाइ निराश बनाउने काम गरे । पूर्वाधारविज्ञ भनेर चिनाउने एक डाक्टरले तथ्य नवुझेरै अन्दाजमा रेलको बारेमा भ्रम फैल्याउने काम गरे । नेपालले ल्याएको रेल ५० बर्ष पुरानो प्रबिधिको भएको भ्रम बाँडे । यस्ता सफेद झुठ र भ्रम दुनियाँलाई बाढ्नु हुन्न । म पनि प्राबिधिक हुँ । म मुर्ख र ज्ञानहिन छैन ।
५० बर्ष पहिले कम्प्युटरको आम बिकास नै भएको थिएन । ५० बर्ष पहिले यस्तो प्रबिधि कहाँ कुन मुलुकमा भेट्नु भो प्रमाण प्रस्तुत गर्न आग्रह छ । यसको ‘स्पेसिफिकेसन’को एकलाइन अध्ययन नगरी फटाहा कुरा गर्न मिल्छ बिद्वान मान्छेले ? प्रबिधिमा राजनीति मिसाएपछि उट्पट्याङ हुन्छ मान्छे । अटोमेटेड कम्प्युटराईजड डेमो र्याक रेल झन्डै २ सय बर्षको इतिहासको हो । ६८ हजार किमी रेल्वे ट्रयाक भएको भारतमा पनि सन् २०१५ मा मात्रै यो आएको हो । करिव १५ हजार वटा रेल चलाउने भारतमा पनि भर्खरै आएको यो रेल आधुनिक हो । धर्ती नबुझेका र प्रबिधिको ब्यबहारिक प्रयोगमा १ दिन पनि नबिताएकाहरुले रेललाई पुरानो भनेका हुन् । दुनियाँको ठूलो रेल यातायात मध्यको भारत आज ६८ हजार किमी दुरीमा रेल चलाउँछ, भारतले प्यासेन्जर रेल सुरु गर्दा बम्बइको बोरिबन्डरदेखि ठाणे ३४ किमी दुरिमा सुरु गरेको थियो । नेपालले देशैभर एकैपटक रेल सञ्चालन गर्ने नहुँदासम्म रेलको गफ नदेउ भन्ने बिद्वान पनि भेटिएका छन् । निर्माण कम्पनी इरकनले यसै आर्थिक बर्षमा ५२ किमी (जयनगर–बिजलपुरा) रेल चलाउने र कुर्थादेखि बिजलपुराको थप १७ किमी रेल्वे ट्रयाक आगामी फेब्रुअरीमा दिने प्रतिवद्धता गरेको छ ।
सित्तैको हल्ला
भारतवाट अनुदानमा पाएको तथा धेरै मूल्य तिरेर रेल खरिद गरेको पनि टिप्पणी भयो । २० करोडमा आउने रेल ४२ करोड हाल्यो भन्ने प्रश्न छ, हामीले आइसिएसको स्ट्यान्डर्ड रेट भन्दा एक रुपियाँ बढी हालेको छैन । जीटुजी खरीदमा ४ वटा सरकारी कम्पनीको प्रस्ताव मध्य सस्तो र पूर्ण प्रस्ताव दिने कोनकण रेल्वेको प्रस्ताब स्वीकृत गरिएको थियो । हुन त कम्युटराइज्ड अपरेटिङ सिस्टमलाइ ५० बर्ष पुरानो प्रबिधि भन्नु भो, स्पेसिफिकेसन नै थाहा नहुनेलाइ मोलको कुरा थाहा हुने कुरै भएन । सुत्दा यसो गुनेर मोल तोक्नु भएछ । यही रेल हामीसँगै श्रीलंकाले पनि अर्डर गरेको हो । श्रीलंकन रेल्वेसँग क्रस भेरिफाइ गर्दा पनि सवै थाहा हुन्छ । यो मुलुकमा आत्तिएर जतिले आत्महत्या गरेनि नेपालमा अब आधुनिक रेल चल्छ । जयनगर बर्दिबासमा मेट्रोरेल चलाउँन भनेर चै अर्ति कसैले नदिए हुन्छ ।
सुरक्षित रेल
भारतबाट जनकपुर ल्याइएका नेपालका दुई वटा रेल इनरुवा स्टेशनमा राखिएका छन् । जयनगर कुर्था रेल सञ्चालन अन्तरदेशीयसमेत भएकोले भारतसँगको सीमा खुला भएपछि र नेपाल –भारतमा कोभिड संक्रमण नियन्त्रणपछि सम्भवत डेढ महिना भित्रमा सञ्चालन गर्ने तयारी नेपाल रेल्वे कम्पनी लिमिटेडको छ ।
भारतबाट दुई जना चालक र दुई जना सहायक चालकले रेल नेपाल ल्याएर नेपाल रेल्वे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेका थिए । नेपालको रेल सशस्त्र प्रहरीको सुरक्षा निगरानीमा इनरुवामा रहेको छ । एउटामा ३ सय सिट क्षमता भएका उक्त रेलमा ७६ सीट एसी सहित बाँकी जनरल क्लास र उभिएर यात्रा गर्ने क्षमतासहित एक पटकमा १३ सय यात्रु यात्रा गर्न सक्ने छन् ।
रेल र जनशक्ति
रेल सञ्चालनको निम्ति जनशक्ति ब्यबस्थापनको काम द्रुत गतिले अघि बढिरहेको छ । चालक दलसहित अन्य प्राबिधिक २६ जना जनशक्ति भारत सरकारको सहयोगमा आउने छन । जसको तयारी भारतीय पक्षले अन्तिम चरणमा पु¥याएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले अन्य नेपाली जनशक्ति करारमा नियुक्ति गर्न बिज्ञापन गरिसकिएको छ ।
नेपाली रेल नेपालमै
नेपाली रेल भारतमा हैन, नेपालको भूमिमा रहन्छ । धनुषा इनरुवामा हाम्रो सशस्त्र प्रहरीको सुरक्षामा रहेको छ । भारतको जयनगर स्टेसन निरीक्षण गर्दा त्यहाँ रेल राख्न उपयुक्त लागेन र नेपाली भूमिमा हाम्रै सुरक्षाकर्मीको निगरानीमा राख्न उपयुक्त देखेर रेल इनरुवा राख्ने निर्णय भएको हो । भारतबाट आएको रेल भारत नै लगियो, जनकपुरमा देखाउन मात्रै ल्याएको रहेछ भन्ने भ्रम छर्न खोजिएछ । सत्य त्यो हैन । एक अरबको राज्यको सम्पतिको सुरक्षामा बिभिन्न बिकल्पमा सोचिएको हो, उत्तम बिकल्प हाम्रै सुरक्षाकर्मीको निगरानिमा रहनु राम्रो देखेकाले हाम्रै भूमिमा राख्ने निर्णय गरिएको छ । यसलाइ यसैगरी बुझ्दा राम्रो हुन्छ ।
नेपाली रेलका कुरा
ब्रिटिसले चलाएको स्टिम इन्जिन जसको इतिहाँस २ सय बर्ष छ । यो इन्जिन जर्मनमा निर्माण भएको हो र यो दुनियाँमा नेपाल बाहेक अन्त कहि छैन । यसलाइ संग्रहालयको रुपमा बिकास गर्न स्थानीय सरकार र नेपाल रेल्वेको संयुक्त पहलमा बिकास गर्न स्थानीय तहसँग पहल भएको छ । यो इन्जिन अहिले जनकनन्दनी गाउँ पालिका, खजुरीमा रहेको छ । रेल चल्ने टुंगो छैन भनेर समाचार पनि लेखे । किन नागरिक निराश बनाउने ? रेल चल्छ, सत्प्रतिशत चल्छ, कुनै द्विबिधा बिना चल्छ र यसलाई छिटो भन्दा छिटो सञ्चालन गर्ने बिषय मेरो निम्ति गर कि मर को प्रश्न हो । यो कसैको दबाबको बिषय हैन । प्रतिष्ठाको बिषय पनि हैन । गरे के हुँदैन, सपना देखे र कर्म गरे किन पुरा हुँदैन ? भन्ने सम्माननीय प्रधानमन्त्रीको स्पष्ट सोच र निर्देशनको बिषय हो । यो पुरा गरेरै छोडिन्छ । कोभिडले संसार हल्लाएको छ, हजार यात्रु बोक्ने रेल, त्यो पनि नेपाल भारत अन्तर्देशिय सञ्चालनमा आउनु गजवको कुरा हो । रेल चल्ने मिति पत्रकारले तोकिदिनुस, सोही दिन रेल सञ्चालनमा आउने छ । सक्नु हुन्छ तोक्न, अनि भन्न सक्नु हुन्छ, कुन मितिमा कोरोनाले दुनियाँलाई छोड्छ भनेर ? भारतमा दैनिक १ लाख कोभिड संक्रमित हुने गरेका छन् । यस्तो अवस्थामा अन्तर्देशिय रेल सञ्चालनको मिति तोक कसरी भनेका होलान् ? म त प्रष्ट भन्छु ( रेलको कुरा आउने बित्तिकै गुरु भट्टराईलाई गाली गर्नुस, तर मुलुकप्रति गद्दारी नगर्नुस् ।
सवैको साथ चाहिन्छ
रेल सञ्चालनका लागि सवैको साथ चाहिन्छ । जहाँसम्म प्रदेश वा स्थानीय सरकारलाई बेवास्ता गरियो भन्ने छ । यो बिल्कुल निराधार आरोप हो । माननीय मुख्यमन्त्री लालबाबु राउतले चित्त दुःखाउनु भएको भए उहाँलाई कसैले गलत सूचना दियो । कार्यक्रम उद्घाटन सँग सम्बन्धित थिएन । प्राबिधिक र प्रशासनीक काम मात्रै थियो । त्यसैले कुनै राजनीतिक दललाई निम्त्याउने कार्यक्रम थिएन । न त केन्द्रको सत्ताधारी पार्टी बोलाइयो, न प्रमुख प्रतिपक्षका कोही नेता बोलाइयो, न त सरकारका कोही राजनीतिक नेतृत्वलाई आमन्त्रण गरिएको थियो । रेल्वे कम्पनीले सञ्चालन गर्ने मिति तय भएपछि केन्द्रिय, प्रदेश तथा स्थानीय सरकारलाई अवश्य निम्ता गरिने छ । त्यसैले २ नम्बर प्रदेश सरकारलाई वास्ता नगरेर संघीयता बिरोधी देखियो भन्ने संकृण राजनीतिक चिन्तनबाट बाहिर आउनु जरुरी छ । केन्द्र सरकार अधिनस्त भएपनि जयनगर बर्दिबास रेल्वे २ नम्बर प्रदेश सरकारको सम्पति पनि हो । र, यहाँका जनताकै सुबिधाको निम्ति हो । नबिर्सौ, भारतले त यो रुटमा आफ्नै रेल सञ्चालन गर्ने सोच गरेको थियो, त्यो नभएपनि भारतसँग भाडामा लिएर रेल चलाऊने भन्ने बुझाई थियो, यसलाई ठाडै इन्कार गरेर सम्माननीय प्रधानमन्त्रीले नै नेपाली भूमिमा नेपाली झण्डा अंकित रेल नै चलाऊने हो भनेकाले नेपालले यो रकम खर्चेर रेल खरिद गरिएको हो ।
प्रशासनिक र प्राबिधिक बिषय भएकाले नेपाल सरकारका जिम्मेबार पदाधिकारी मात्रै बोलाइएको थियो । प्रजिअ लगायत जिल्लाका कार्यालय प्रमुखहरु निम्त्याईदा प्रदेशको प्रतिनिधित्व भएन र ? त्यसैले दशौ हजार प्रदेश २ का जनताको हौसला, उत्साह र उमङगमा चिसो पानी खन्याउने काम नगरौ । हरेक ठाउँ र समयमा राजनीतिको अंश खोज्ने हो भने हामी कही पनि पुग्दैनौ । तराइका सदरमुकाम जोड्ने ६ लेनका चौडा सडक, २ दशक काम नभएर थन्केको हुलाकी मार्गको निर्माण, तराइका सदरमुकाममा रिङ् रोड, तराइका बिपन्न र घर बिहिनहरुलाई हजारौ घर निर्माण, नेपालमा आधुनिक रेल युगको सुरुवात, सुनकोशी मरिन डाइभर्सन बाट २ नम्बर प्रदेशमा सिंचाइ गर्ने योजना लगायतका दुरगामी काम सम्मानानीय प्रम ओलीले नै गर्नु भएको हो । प्रदेश सरकार र स्थानीय सरकारले गरेका उल्लेखनीय कामको जानकारी मलाई छैन । मैले थाहा नपाएको हुनसक्छ । म पनि २ नम्बर प्रदेशकै नागरिक हुँ । प्रदेश सरकार अनुदान र राहत बाड्ने बाहेकका पनि काम गर्छ भनेर कहिले देख्न पाइएला । त्यसैले चिन्तन सकारात्मक राखौ, आँफै डरलाग्दो कल्पना गर्ने र आँफै तर्सिदै हिंड्ने काम सही हैन । सबै मिलेर मुलुक बनाउ, आखिर नागरिकको चाहना यति हो ।

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



