

-
“म”
अहं ब्रह्मास्मि,
अर्थात, म ब्रह्म हुँ,
म ज्ञानी हुँ, ज्ञानको गीत गाउँछु,
म योगी हुँ, योगमा नै म रमाउँछु ।म राम हुँ, मर्यादाको पाठ सिकाउँछु,
मकृष्ण हुँ, जगत लीला रचाउँछु,
सृष्ट्रिको भार चलाउँछु,
भक्ति, प्रेम अनि सेवा फैलाउँछु ।
म निस्काम कर्मको परिभाषा बताउँछु।
म स्वयम् कर्म हुँ, त्यसैले त जगत निरन्तर चलाउँछु ।
तर
म फरक छु, किनकि,
म नेता हुँ, जनताको सेवा गर्छु,
जनता मेरो स्वार्थ हो, राजनीति मेरो व्यवासाय,
म निर्विकल्प हुँ, किनकी मेरो कोही विकल्प छैन
त्यसैले मैले पद छोडनु हुँदैन, किनकि म क्रान्तिकारी हुँ ।
मैले सबैको गुन तिर्नु छ,
व्यवसायीको, कार्यकर्ताको
अनि मेरा आफन्त अनि आसेपासेको ।
म निर्विकल्प नेता हुँ, मैले धेरै बाँच्नु छ,
किनकि मैले मेरो जनतालाई शरणार्थी अनि ठेकेदादलाई पुरस्कृत गर्नु छ ।
त्यसैले त म नेता हुँ, सबैको रक्षा गर्नुछ ।
म
शिक्षक हुँ, मैले राजनीति गर्नु छ,
नेताको गुणगान गाउनु छ,
उनको झोला बोक्नु छ
किनकि मैले मेरो धर्म पूरा गर्नु छ ।
म
शिक्षा व्यावसायी हुँ, ठाउँ ठाउँमा विद्यालय खोल्नु छ,
शिक्षाको ज्ञान फैलाउनु छ, मेरो व्यापार चौगुना बनाउनुछ
मैले मेरो धर्म पूरा गर्नुछ, जति सक्यो बढी शुल्क
लिनु छ ।
किनकि, मैले मेरो व्यवाशाय चलाउनु छ
‘म’ पैसामा ज्ञान बेच्दछु,
किनकि, व्यवसाय मेरो धर्म हो,
कलिला बालबालिकासँग रमाउनुछ,
ज्ञानको गीत गाउनुछ, अनि दुनियालाई सुनाउनु छ।
अबोध बालबालिकासँग खेल्नुछ,
छेपारे रंग फेर्नु छ, खिस्स मुस्कुराउनुछ,
अनि म शिक्षा प्रेमी छु भनी दुनियालाई
भजाउनुछ।
ईश्वरलाई साक्षी राखी सकाम कर्म गर्नु छ,
शिक्षक नै भई आर्यघाट जानु छ
आफ्नो व्यवसाय फैलाउन, शाम, दाम, दण्ड भेद अपनाउनुछ,
मिठो झुट बोल्न जान्नु छ
किनकि मैले समाजमा प्रतिष्ठा कमाउनु छ
म
‘एक पात्र हुँ ।
चरित्रहीन भई, चरित्रवान हुनु छ,
इमान्दारको पसिनामा रमाउनु छ,
आफ्नो मानवीय धर्म बेची धर्मवान बन्नु छ ।
गीता, महाभारत, अनि उपनिषद्को श्लोक सुनाउनुछ,
कर्मको पसिनालाई लत्याई,
जाली भ्रष्ट अनि अपराधीलाई पुरस्कृत गर्नु छ
किनकि मैले मेरो कुकर्मलाई लुकाउनु छ,
इमान्दारीलाई पाखा लगाउनु छ ।
अनि मैले मेरो कुर्कमलाई छुपाउनु छ ।
म
धृतराष्ट्र हुँ, पुत्रमोहमा अन्धो हुनु छ, सत्यलाई असत्य बनाउनुछ,
किनकि मैले समाजमा आफ्नो प्रतिष्ठा जोगाउनुछ ।
म
‘एक परिश्रमी किसान हुँ, हरदिन पसिना बगाउनुछ,
आफ्नो परिवार भरणपोषणमा सम्पूर्ण जीवन
समर्पण गर्नु छ ।
म
एक मित्र मित्रता निभाउनु मेरो धर्म,
पदका लागि चापलुसी, चाकरी अनि विश्वास घात मेरो कर्म,
यस्तै छ मेरो स्वभाव, अनि रित
लगाउँछु म इमान्दारितासँग प्रित
म
एक, रूप अनेक, कहिले नेता, कहिले कवि, कहिले ज्ञानी, कहिले उद्यमी,
कहिले योगी अनि कहिले भोगी,
सुनाउँछु ज्ञान, गीता,उपनिषद् अनि वेद, देखाउँछु महानता
तर
‘ममा छ छद्मरुपी गुप्त भेद ।।
अस्तु– नारायण सिटौला
Narayan Sitaula 0 response बिहिबार, अशोज ३, २०८१
(लेखक लामो समय शिक्षण पेशामा आबद्द रहि हाल लण्डन, बेलायत मा रहेर कलम चलाउदै आउनु भएको छ)

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



