

-
बुधवार बिहान एउटा खवर सनसनी रुपमा फैलियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल शौचालयमा चिप्लिएर टाउकोमा चोट लागेको समाचार थियो । त्यसको केही समयपछि दाहाल पुत्री गंगा दाहालले सामाजिक सञ्जालमा आफ्नो बाबु शौचालयमा लडेको अनि उत्तिबेलै नजिकै अस्पताल लगेर प्राथमिक उपचारपछि काममा फर्किएको लेखिन् । मानिसहरुले घरकै शौचालयमा चिप्लिएको रुपमा बुझे । सोही अनुसार सामान्य रुपमा लिए ।
तर, दिउँसो एकाएक नयाँ खवर सार्वजनिक भयो । अध्यक्ष दाहाल घरमा नभई ललितपुरको एक रिसोर्टको शौचालयमा चिप्लिएर टाउकामा चोट लागेको खवर बाहिर आयो । तर, सचिवालय भने घरमै लडेको जिकिर गरिरहेको थियो । यसपछि चाहिँ बिभिन्न शंका उत्पन्न भए । अझ अध्यक्ष दाहालका औपचारिक कार्यक्रम तथा भेटघाट पनि रद्ध भएको समाचार बाहिरिए त्यसपछि भने सामाजिक सञ्जालमा अनेक तर्क आउन थाले । कतिपयले दाहाल दारुपानीका लागि रिसोर्ट गएर र दारुको असरले चिप्लिएको पनि भनेर प्रतिकृया जनाए ।बिवादास्पद सुकुटे बसाई
हुनत दाहालको रिसोर्ट प्रेम पुरानै हो । अलिकति तनाव हुनासाथ सिन्धुपाल्चोकको सुकुटेमा रहेको एक रिसोर्टमा जाने दाहालको पुरानो बानी हो । व्यक्तिगत जीवनको बारेमा धेरै नाटिकुटी गर्न नहुने भएपनि दाहाल दारुको पारखी भएका कारण रिल्याक्सका लागि रिसोर्ट पुग्ने गरेको धेरैको बुझाई छ । बत्तिसको जादू देखाउँछु भन्दै गर्दा बर्तमान गठवन्धन अझै मजबूद भएको एमाले अध्यक्ष र काँग्रेस सभापतिको प्रतिकृयापछि तनावमुक्त हुन रिसोर्ट गएको हो कि भन्नेहरु पनि धेरै छन् ।दाहाल अहिले सुकुटेको रिसोर्ट जान छोडेका छन् । उनी बस्दै आएको रिसोर्टको सञ्चालक र सञ्चालन प्रकृया नै बिवादमा आएपछि उनी त्यहाँ जान छोडेका हुन् । तनाव हुँदा वा पार्टीभित्र कठिन निर्णय लिनुपर्दा पुग्ने स्थल हो, सुकुटे बिच रिसोर्ट । प्रचण्ड बेलाबेला ’रिफ्रेस’ हुन स–परिवार उक्त रिसोर्ट पुग्ने गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड ‘ब्राण्ड एम्बेसडर’ जस्तै बनेको उक्त रिसोर्ट ३० रोपनी सरकारी जग्गा मिचेर निर्माण गरिएको तथ्य खुलेको छ । ३५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाले रिसोर्टका लागि जम्मा ३ रोपनी जग्गा मात्र आफ्नो नाममा खरिद गरेको देखिएको छ ।जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोकले उपलब्ध गराएको प्रमाण अनुसार उनको नाममा ३ रोपनी ६ आना ३ पैसा जग्गा रहेको छ । बाँकी जग्गा मिचेर उपभोग गरिरहेको देखिन्छ । उक्त रिसोर्टले स्थानीयको घाट पनि कब्जा गरेको छ । वर्षौंदेखि स्थानीयहरुले लास जलाउने घाट रहेको क्षेत्रमा बिच भलिबल खेल्ने मैदानदेखि रिसोर्टमा आउने ग्राहकलाई राख्ने टेन्टसम्म निर्माण गरिएको छ ।
सुकुटेमा नदी किनारा र बनको जग्गा हडपेर रिसोर्ट बनाइएको भन्दै स्थानीयवासीले पटकपटक जिल्ला बन कार्यालय, जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोक गढी नगरपालिका र वडामा समेत लिखित उजुरी गरेका छन् ।
रिसोर्टले वर्षौंदेखि न सरकारलाई जग्गाको भाडा तिर्छ न सरकारी निकायले खोजी नै गरेको छ ।
रिसोर्टको बारेमा चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले घाटको केही भागमा उक्त रिसोर्ट रहेको स्वीकार गरे । उनले रिसोर्टले आफ्नो जमिन बाहेकको जग्गा स्थानीयहरुसँग सहमति गरेरै प्रयोगमा ल्याएको भन्ने जवाफ दिएकाले आफूहरुले केही नगरेको बताए । सापकोटा माओवादी उपाध्यक्ष अग्नि सापकोटाका भाइ हुन् । सुकुटे बिच रिसोर्ट पछिल्लो समय लागुऔषध कारोबारदेखि सेवन गर्नेको ट्रान्जिट पोइन्ट बनेको स्थानीयको आरोप छ ।
सुकुटेपछि लाँकुरी भन्याङ्ग ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ । यसबारे परिवार तथा सचिवालयबाट पनि ठोस खण्डन आएको छैन । त्यसकारण पनि यो कुरामा सत्य हो ।
मंगलबार दिउँसो परिवारका केही सदस्य र आफन्तसहित उनी २ बजे पछि रिसोर्ट पुगेको ललितपुर प्रहरीले भने पुष्टि गरेको छ । माओबादी अध्यक्षसहित उनका आफन्तहरु ३ बजे नै रिसोर्ट पुगेका हुन् । तर, काम प¥यो भनेर राति १२ बजे नै फर्किएका थिए । सुरक्षा निकायले पनि दाहाल कसरी लडे के भएको हो, त्यो त थाहा नभएको बताएको छ ।
उनी बाथरुममा लडेर घाइते भएपछि राति नै त्यहाँबाट फर्किएको खुलेको हो । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार पछि घर फर्केका हुन् । उनको टाउकोमा सामान्य चोट लागेको र उपचारपछि घरमै आराम गरिरहेको भनिएको छ ।स्वकीय सचिव तथा छोरीले आफ्नो फेसबुक पेजमा गएराति बाथरुममा चिप्लिएर बुबाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकको मेडिसिटी अस्पताल लगेको उल्लेख गरेकी छिन् । तर, घरमा नै हो कि रिसोर्टमा भन्नेबारेमा भने कुनै उल्लेख गरेकी छैनन् ।
News Desk 0 response बुधबार, बैशाख २४, २०८२
टेरेस ललितपुरको महंगो रिसोर्टमध्येको एक हो । यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो जन्मदिन मनाउन पनि सोही रिसोर्ट पुगेका थिए । सामान्य चोट भएपनि यसलाई प्रचारको शैलीमा रिसोर्टले नै समाचार बाहिर ल्याएको शंका गरिएको छ । किनभने परिवारका सदस्य वा सुरक्षा निकायले औपचारिक रुपमा यो बिषय बाहिर ल्याएका छैनन् ।


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२