

-
बुधवार बिहान एउटा खवर सनसनी रुपमा फैलियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल शौचालयमा चिप्लिएर टाउकोमा चोट लागेको समाचार थियो । त्यसको केही समयपछि दाहाल पुत्री गंगा दाहालले सामाजिक सञ्जालमा आफ्नो बाबु शौचालयमा लडेको अनि उत्तिबेलै नजिकै अस्पताल लगेर प्राथमिक उपचारपछि काममा फर्किएको लेखिन् । मानिसहरुले घरकै शौचालयमा चिप्लिएको रुपमा बुझे । सोही अनुसार सामान्य रुपमा लिए ।
तर, दिउँसो एकाएक नयाँ खवर सार्वजनिक भयो । अध्यक्ष दाहाल घरमा नभई ललितपुरको एक रिसोर्टको शौचालयमा चिप्लिएर टाउकामा चोट लागेको खवर बाहिर आयो । तर, सचिवालय भने घरमै लडेको जिकिर गरिरहेको थियो । यसपछि चाहिँ बिभिन्न शंका उत्पन्न भए । अझ अध्यक्ष दाहालका औपचारिक कार्यक्रम तथा भेटघाट पनि रद्ध भएको समाचार बाहिरिए त्यसपछि भने सामाजिक सञ्जालमा अनेक तर्क आउन थाले । कतिपयले दाहाल दारुपानीका लागि रिसोर्ट गएर र दारुको असरले चिप्लिएको पनि भनेर प्रतिकृया जनाए ।बिवादास्पद सुकुटे बसाई
हुनत दाहालको रिसोर्ट प्रेम पुरानै हो । अलिकति तनाव हुनासाथ सिन्धुपाल्चोकको सुकुटेमा रहेको एक रिसोर्टमा जाने दाहालको पुरानो बानी हो । व्यक्तिगत जीवनको बारेमा धेरै नाटिकुटी गर्न नहुने भएपनि दाहाल दारुको पारखी भएका कारण रिल्याक्सका लागि रिसोर्ट पुग्ने गरेको धेरैको बुझाई छ । बत्तिसको जादू देखाउँछु भन्दै गर्दा बर्तमान गठवन्धन अझै मजबूद भएको एमाले अध्यक्ष र काँग्रेस सभापतिको प्रतिकृयापछि तनावमुक्त हुन रिसोर्ट गएको हो कि भन्नेहरु पनि धेरै छन् ।दाहाल अहिले सुकुटेको रिसोर्ट जान छोडेका छन् । उनी बस्दै आएको रिसोर्टको सञ्चालक र सञ्चालन प्रकृया नै बिवादमा आएपछि उनी त्यहाँ जान छोडेका हुन् । तनाव हुँदा वा पार्टीभित्र कठिन निर्णय लिनुपर्दा पुग्ने स्थल हो, सुकुटे बिच रिसोर्ट । प्रचण्ड बेलाबेला ’रिफ्रेस’ हुन स–परिवार उक्त रिसोर्ट पुग्ने गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड ‘ब्राण्ड एम्बेसडर’ जस्तै बनेको उक्त रिसोर्ट ३० रोपनी सरकारी जग्गा मिचेर निर्माण गरिएको तथ्य खुलेको छ । ३५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाले रिसोर्टका लागि जम्मा ३ रोपनी जग्गा मात्र आफ्नो नाममा खरिद गरेको देखिएको छ ।जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोकले उपलब्ध गराएको प्रमाण अनुसार उनको नाममा ३ रोपनी ६ आना ३ पैसा जग्गा रहेको छ । बाँकी जग्गा मिचेर उपभोग गरिरहेको देखिन्छ । उक्त रिसोर्टले स्थानीयको घाट पनि कब्जा गरेको छ । वर्षौंदेखि स्थानीयहरुले लास जलाउने घाट रहेको क्षेत्रमा बिच भलिबल खेल्ने मैदानदेखि रिसोर्टमा आउने ग्राहकलाई राख्ने टेन्टसम्म निर्माण गरिएको छ ।
सुकुटेमा नदी किनारा र बनको जग्गा हडपेर रिसोर्ट बनाइएको भन्दै स्थानीयवासीले पटकपटक जिल्ला बन कार्यालय, जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोक गढी नगरपालिका र वडामा समेत लिखित उजुरी गरेका छन् ।
रिसोर्टले वर्षौंदेखि न सरकारलाई जग्गाको भाडा तिर्छ न सरकारी निकायले खोजी नै गरेको छ ।
रिसोर्टको बारेमा चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले घाटको केही भागमा उक्त रिसोर्ट रहेको स्वीकार गरे । उनले रिसोर्टले आफ्नो जमिन बाहेकको जग्गा स्थानीयहरुसँग सहमति गरेरै प्रयोगमा ल्याएको भन्ने जवाफ दिएकाले आफूहरुले केही नगरेको बताए । सापकोटा माओवादी उपाध्यक्ष अग्नि सापकोटाका भाइ हुन् । सुकुटे बिच रिसोर्ट पछिल्लो समय लागुऔषध कारोबारदेखि सेवन गर्नेको ट्रान्जिट पोइन्ट बनेको स्थानीयको आरोप छ ।
सुकुटेपछि लाँकुरी भन्याङ्ग ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ । यसबारे परिवार तथा सचिवालयबाट पनि ठोस खण्डन आएको छैन । त्यसकारण पनि यो कुरामा सत्य हो ।
मंगलबार दिउँसो परिवारका केही सदस्य र आफन्तसहित उनी २ बजे पछि रिसोर्ट पुगेको ललितपुर प्रहरीले भने पुष्टि गरेको छ । माओबादी अध्यक्षसहित उनका आफन्तहरु ३ बजे नै रिसोर्ट पुगेका हुन् । तर, काम प¥यो भनेर राति १२ बजे नै फर्किएका थिए । सुरक्षा निकायले पनि दाहाल कसरी लडे के भएको हो, त्यो त थाहा नभएको बताएको छ ।
उनी बाथरुममा लडेर घाइते भएपछि राति नै त्यहाँबाट फर्किएको खुलेको हो । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार पछि घर फर्केका हुन् । उनको टाउकोमा सामान्य चोट लागेको र उपचारपछि घरमै आराम गरिरहेको भनिएको छ ।स्वकीय सचिव तथा छोरीले आफ्नो फेसबुक पेजमा गएराति बाथरुममा चिप्लिएर बुबाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकको मेडिसिटी अस्पताल लगेको उल्लेख गरेकी छिन् । तर, घरमा नै हो कि रिसोर्टमा भन्नेबारेमा भने कुनै उल्लेख गरेकी छैनन् ।
News Desk 0 response बुधबार, बैशाख २४, २०८२
टेरेस ललितपुरको महंगो रिसोर्टमध्येको एक हो । यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो जन्मदिन मनाउन पनि सोही रिसोर्ट पुगेका थिए । सामान्य चोट भएपनि यसलाई प्रचारको शैलीमा रिसोर्टले नै समाचार बाहिर ल्याएको शंका गरिएको छ । किनभने परिवारका सदस्य वा सुरक्षा निकायले औपचारिक रुपमा यो बिषय बाहिर ल्याएका छैनन् ।

सम्बन्धित शीर्षकहरु
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही
मङ्लबार, मंसिर १७, २०८२



