

-
वासिङ्टन डिसी । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग शनिबार भेट गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न नचाहेको बताएका छन्।
ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ह्यान्डल ट्रुथसोसियलमा पोस्ट गर्दै रुस र युक्रेनको मामिलामा जतिसुकै राम्रो युद्धविराम सम्झौता गरे पनि त्यसको आलोचना हुने बताएका हुन् ।
क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार रोम आइपुगेका डोनाल्ड ट्रम्पले त्यहाँ जेलेन्स्कीलाई भेटेका थिए। सेन्टर पिटर्स स्क्वायरमा भएको यो छोटो बैठकको तस्बिर युक्रेनी अधिकारीहरूले जारी गरेका थिए।
उनले पुनस् दाबी गरे, ‘यो युद्ध कहिल्यै हुनुहुँदैनथ्यो, र यदि म राष्ट्रपति भएको भए यो कहिल्यै हुने थिएन।’ राष्ट्रपतिको रूपमा शपथ लिनुअघि नै ट्रम्पले आफू त्यहाँ भएको भए युद्ध समाप्त हुने बताएका थिए। उनले पछि पनि यस्तै दाबी गर्दै आएका छन्।
यसको केही समयपछि ट्रम्पले सामाजिक सञ्जालमा एक प्रसिद्ध पत्रिकाको नाम लिँदै लेखे, ‘रूस-युक्रेनको मामिलामा, मैले जुनसुकै सम्झौता प्रस्तुत गरे पनि, जतिसुकै राम्रो किन नहोस्, यो अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता भए पनि, मेरो आलोचना हुन्छ।’
उनले लेखे, ‘ओबामा (पूर्व अमेरिकी राष्ट्रपति) ले नै रूसलाई युक्रेनबाट क्रिमिया खोस्न सम्भव बनाएका थिए, त्यो पनि एक गोली पनि नचलाईकन। यो मजाक हो। के उनीहरुले कहिल्यै ओबामाको क्रिमिया रूसलाई दिएकोमा आलोचना गरेका छन्रु एक पटक पनि होइन। उनीहरुले ट्रम्पको मात्र आलोचना गर्छन् र यो मूर्ख युद्धसँग मेरो युक्रेनलाई हतियार दिएको भन्दा अरु केही सम्बन्ध छैन।’
रुसी आक्रमणको उल्लेख
यसका साथै ट्रम्पले युक्रेनमा भएको रुसी आक्रमणको उल्लेख गर्दै लेखेका छन्, ‘यी सबै बाहेक, रुसी राष्ट्रपति पुटिनले आवासीय क्षेत्र र शहरहरूमा मिसाइल प्रहार गर्नुपर्ने कुनै कारण छैन, जसरी उनले पछिल्ला केही दिनहरूमा गरेका छन्।’उनले लेखे, ‘यसले मलाई महसुस गराउँछ कि उनीहरू यो युद्ध अन्त्य गर्न चाहँदैनन्, उनीहरू केवल मलाई आफूसँगै चाहन्छन्। रुसलाई फरक तरिकाले व्यवहार गर्नुपर्छ, बैंकिङ प्रणाली मार्फत वा दोस्रो प्रतिबन्धहरू मार्फत । मानिसहरू ठूलो संख्यामा मरिरहेका छन्।’
यसको एक दिन अघि ट्रम्पले लेखेका थिए , ‘म किभमाथिको आक्रमणबाट खुसी छैन। यो आवश्यक छैन। भ्लादिमिर पर्खनुहोस्। शान्ति सम्झौतालाई सफल बनाऔं।’
यसैबिच, रुसी राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पुटिन कुनै पनि शर्त बिना शान्ति वार्ताका लागि तयार रहेको बताएको छ।
जेलेन्स्कीले के भने ?
यता, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पोप फ्रान्सिसको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेट ‘ऐतिहासिक बन्ने सम्भावना’ रहेको बताएका छन् ।पोप फ्रान्सिसको अन्त्येष्टि समारोहको क्रममा भएको कुराकानीलाई ह्वाइट हाउसले ‘धेरै सकारात्मक’ भनेर वर्णन गरेको छ।
यसैगरी डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा भेट गरेका थिए । उनले रुस र युक्रेनबीच प्रत्यक्ष वार्तामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
News Desk 0 response आइतवार, बैशाख १४, २०८२

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



