

दत्तात्रय लक्ष्मी–नारायण मन्दिरको याक्षी टुँडाल न्युयोर्कमा
हराएको ३७ वर्षपछि वासुदेव-कमलाजा मूर्ति घर आइपुग्यो
-
भक्तपुर, दत्तात्रयस्थित लक्ष्मी–नारायण मन्दिर (वासुदेव–कमलाजा) बाट झन्डै आधा शताब्दीअघि चोरिएको सालभन्जीका याक्षी काष्ठ टुँडाल अमेरिकाको न्युयोर्कस्थित लिलामगृहमा पाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्जाल रहेको क्रिस्टिज लिलाम गृहमा यो टुँडाल २००१ मार्च २१ मा बिक्री भइसकेको कला–सम्पदाको खोज अभियान लस्ट आर्ट्स अफ नेपालले जनाएको छ । पन्ध्रौं शताब्दीको सिर्जना मानिने ५३ इन्च उचाइको कलात्मक टुँडाल हराएकोबारे स्थानीय तहको सरोकार रहे पनि यसको अवस्थितिबारे खोजीनीति हुन सकेको थिएन ।
यसअघि, पाटन पट्को टोलस्थित लक्ष्मी–नारायण मन्दिरको मूर्ति पनि चोरी भएको ३७ वर्षपछि अमेरिकाबाट दुई वर्षअघि घरफिर्ता भएर प्रतिस्थापन भइसकेको छ । युनेस्को अभिसन्धी तथा अन्तर्राष्ट्रिय नियमानुसार विभिन्न म्युजियममा राखिएका सम्पदाहरू ‘उत्पत्तिको मुलुक पहिचान’ पछि घरफिर्ती भइरहेको भए पनि लिलामी गृहमा बिक्री भइसकेका सम्पदा घरफिर्ता ल्याउनेबारे खासै पहल हुन सकेको छैन ।
हराएको ३७ वर्षपछि वासुदेव-कमलाजा मूर्ति घर आइपुग्यो
सन् १७६६ मा स्थापित क्रिस्टिज अक्सनका न्युयोर्क, पेरिस, हङकङ, मिलान, आम्स्टरडाम, जेनेभा, सांघाई र दुबईमा लिलामी गृहहरू रहेका छन् । यी सबैजसो केन्द्रमा नेपालबाट चोरिएका र हराएका सम्पदाहरूको खरिदबिक्री तथा लिलामी हुने गरेको छ ।
Sandesh Acharya 0 response मङ्लबार, अशोज २३, २०८०

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



