दत्तात्रय लक्ष्मी–नारायण मन्दिरको याक्षी टुँडाल न्युयोर्कमा
हराएको ३७ वर्षपछि वासुदेव-कमलाजा मूर्ति घर आइपुग्यो
-
भक्तपुर, दत्तात्रयस्थित लक्ष्मी–नारायण मन्दिर (वासुदेव–कमलाजा) बाट झन्डै आधा शताब्दीअघि चोरिएको सालभन्जीका याक्षी काष्ठ टुँडाल अमेरिकाको न्युयोर्कस्थित लिलामगृहमा पाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्जाल रहेको क्रिस्टिज लिलाम गृहमा यो टुँडाल २००१ मार्च २१ मा बिक्री भइसकेको कला–सम्पदाको खोज अभियान लस्ट आर्ट्स अफ नेपालले जनाएको छ । पन्ध्रौं शताब्दीको सिर्जना मानिने ५३ इन्च उचाइको कलात्मक टुँडाल हराएकोबारे स्थानीय तहको सरोकार रहे पनि यसको अवस्थितिबारे खोजीनीति हुन सकेको थिएन ।
यसअघि, पाटन पट्को टोलस्थित लक्ष्मी–नारायण मन्दिरको मूर्ति पनि चोरी भएको ३७ वर्षपछि अमेरिकाबाट दुई वर्षअघि घरफिर्ता भएर प्रतिस्थापन भइसकेको छ । युनेस्को अभिसन्धी तथा अन्तर्राष्ट्रिय नियमानुसार विभिन्न म्युजियममा राखिएका सम्पदाहरू ‘उत्पत्तिको मुलुक पहिचान’ पछि घरफिर्ती भइरहेको भए पनि लिलामी गृहमा बिक्री भइसकेका सम्पदा घरफिर्ता ल्याउनेबारे खासै पहल हुन सकेको छैन ।
हराएको ३७ वर्षपछि वासुदेव-कमलाजा मूर्ति घर आइपुग्यो
सन् १७६६ मा स्थापित क्रिस्टिज अक्सनका न्युयोर्क, पेरिस, हङकङ, मिलान, आम्स्टरडाम, जेनेभा, सांघाई र दुबईमा लिलामी गृहहरू रहेका छन् । यी सबैजसो केन्द्रमा नेपालबाट चोरिएका र हराएका सम्पदाहरूको खरिदबिक्री तथा लिलामी हुने गरेको छ ।
Sandesh Acharya 0 response मङ्लबार, अशोज २३, २०८०

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३