

-
रुकुम पश्चिम, २५ भदौ :
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ काउलेचौरका तुलवीर खत्रीको दिनचर्या खेतीपातीमै बित्छ ।
विहान ३ बजे उठेर डोकोभरी तरकारी बोकी सदरमुकाम खलङ्गासम्म पुगेर बिक्री गर्नु उहाँको बाध्यता हो ।
बारीमा उत्पादित तरकारी बिक्रीका लागि उहाँले हरेक दिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ ।
जिल्लामा तरकारी भण्डारणका लागि चिस्यान केन्द्रको अभाव र मूल्य निर्धारण नहुँदा उहाँ जस्ता किसानलाई दैनिक यसैगरी तरकारी बोकी बजार जानुपर्ने बाध्यता छ । खत्रीले हाल गोलभेडा खेतीमा बढी जोड दिनुभएको छ ।
छ वटा फलामे टनेल, दुई वटा बाँसका टनेल र अन्य खाली जग्गा गरेर सात रोपनीमा गोलभेडा खेती गर्दै आउनुभएका खत्रीले चारवटा टलेन भने प्रधानमन्त्री कृषि आधुनिकरणबाट २५ प्रतिशत अनुदानमा निर्माण गर्नुभएको हो ।
साथै दुई वटा टनेल जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा निर्माण गर्नुभएको हो ।
उहाँले सरकारले यहाँ चिस्यान केन्द्र निर्माण गरिदिने हो भने किसानका लागि धेरै सहज हुने उहाँको भनाय छ ।
चिस्यान केन्द्र भए किसानको लगानी खेर नजाने र मूल्य निर्धारण भए किसान र उपझोक्ता ठगिनबाट बच्ने उहाँको भनाइ छ । साथै कुन समयमा कस्तो तरकारी लगाउने भन्नेबारे प्राविधिक ज्ञान भए किसानलाई फाइदा पुग्ने उहाँको बुझाइ छ । “स्थानीय तहले तरकारीको न्यूनतम मूल्य निर्धारण गर्ने हो भने हामीलाई सहज हुन्छ, अघिल्लो दिन प्रतिकेजी रु ८० बिक्री गरेको तरकारी अर्को दिन आधा मूल्यमा बिक्री गर्नेपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।यो खत्रीको मात्रै समस्या होइन जिल्लामा तरकारी खेती गर्ने सबैको समस्या उस्तै छ ।
तरकारीलाई सङ्कलन गर्ने गरी मुसिकोट नगरपालिका-५ बागबजारमा आर्थिक वर्ष २०७५/७६ निर्माण गरिएको सङ्कलन केन्द्र पनि यतिबेला प्रयोगविहीन अवस्थामा छ ।
किसानले उत्पादन गरेका फलफूल तथा तरकारीजन्य वस्तुको सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको थियो ।
कृषि ज्ञान केन्द्र र कृषि विकास कार्यालयको पहलमा निर्माण भएको सङ्कलन केन्द्र प्रयोगविहीन भन्दा किसानलाई समस्या भइरहेको छ ।
तरकारी उत्पादन बढाउने भन्दा पनि उत्पादन भएको तरकारीलाई बजारिकरण गर्नुपर्ने पहिलो प्राथमिकता राखेर सरकारले काम गर्नुपर्ने यहाँका किसानको माग छ ।
News Desk 0 response सोमवार, भदौ २५, २०८०

सम्बन्धित शीर्षकहरु
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३



