

-
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले हराउँदै विजयी सुरुआत गरेको छ ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ३ बलमा १४९ रन बनाउँदा सबै विकेट गुमायो । विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३, लोकेश बलमे २६ रन बनाए । चितवनका कमल ऐरीले ४, रिजन ढकालले २ विकेट लिए ।
एक समय ५ विकेट गुमाएर १३२ रनको अवस्थामा रहेको विराटनगरले त्यसपछि १७ रन जोड्दा बाँकी सबै विकेट गुमाउन पुग्यो ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका डेविड मलानले ७० रन बनाए । विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलङ्काले १-१ विकेट लिए ।
एनपीएलमा आजको दोस्रो खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे शुरू हुनेछ ।
एनपीएल हिजोदेखि सुरू भएको हो । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै विजयी शुरुआत गरेको छ ।
पहिलो पटक डीआरएसको प्रयोग, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता, विदेशी खेलाडीको उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चासो र प्रतियोगितासँग जोडिएको व्यावसायिक गतिविधिले यसपालिको एनपीएललाई थप विशेष बनाएको छ ।
एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् । तेस्रो संस्करणको प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।
News Desk 0 response मङ्लबार, कार्तिक ११, २०८३

सम्बन्धित शीर्षकहरु
-
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३ -
तिहारमा काठमाडौंमा ५२ लाख फूलका माला खपत..
मङ्लबार, कार्तिक ११, २०८३
-
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३ -
तिहारमा काठमाडौंमा ५२ लाख फूलका माला खपत..
मङ्लबार, कार्तिक ११, २०८३ -
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
मध्यपूर्वमा तनाव थप चर्कियो
सोमवार, कार्तिक १०, २०८३ -
एनपीएल : साबिक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई..
सोमवार, कार्तिक १०, २०८३


